Trending
Prev Story
Next Story

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

Onlinekhabar •
November 14, 2026 • 09:00 AM
2
2 reads 0 reactions

२८ कात्तिक, गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मादक पदार्थ सेवन गरी झैझगडा …

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

२८ कात्तिक, गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा बालबालिकामाथि दुव्र्यवहार गर्ने दुई र झण्डीबुर्जा खेलाउने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार सोही अवधिमा ८१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । तीमध्ये ५७ जना सवारीसाधनका चालकलाई मादकपदार्थ सेवन गरेको अवस्थामा र एक जना सवारीचालकलाई अन्य ट्राफिक कारबाही गरिएको उनले जानकारी दिए ।

२३ वटा सवारीसाधनलाई वडा प्रहरी कार्यालय, बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले यही कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरू गरेको थियो ।

उक्त अपरेसनअन्तर्गत हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झैझगडा, आपसी विवाद, पर्यटकलाई दुव्र्यवहार गर्नेजस्ता अनैतिक तथा अवाञ्छित गतिविधिका कारण लेकसाइड क्षेत्रको पर्यटकीय छविमा आँच पुगेको र शान्तिसुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि विशेष प्रहरी अपरेसन ‘अपरेसन सम्भयता’ सुरु गरिएको हो । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
पोखराको लेकसाइड क्षेत्रमा ‘अपरेसन सभ्यता’ : १८ जना पक्राउ

पोखराको लेकसाइड क्षेत्रमा ‘अपरेसन सभ्यता’ : १८ जना पक्राउ

पोखराको लेकसाइड क्षेत्रमा प्रहरीले संचालन गरिरहेको विशेष प्रहरी अपरेसन ‘अपरेसन सभ्यता’अन्तर्गत गएराति अवैध गतिविधिमा संलग्न १८ जना प्रहरीले नियन्त्रमा लिएको छ । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ...

#लेकसाइड #अपरेसन #सभ्यता
Compare →
Nagarik News
2d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ।

#अपरेसन #नियन्त्रण
Compare →

Related Stories

National (Nepal)
Build #2612