Trending
Prev Story
Next Story

अस्ट्रेलियामा कञ्चनपुरका किशोर शाहीलाई ‘न्यूक्यासल स्वयंसेवा सम्मान २०२६’ प्रदान

Ekantipur •
November 14, 2026 • 05:02 AM
4
4 reads 0 reactions

सम्मान प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै शाहीले यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि आफूलाई साथ, सहयोग र प्रेरणा दिने परिवार, आफन्त, साथीभाइ तथा समग्र नेपाली समुदायको साझा सम्मान भएको बताएका छन् ।

अस्ट्रेलियामा कञ्चनपुरका किशोर शाहीलाई ‘न्यूक्यासल स्वयंसेवा सम्मान २०२६’ प्रदान

सम्मान प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै शाहीले यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि आफूलाई साथ, सहयोग र प्रेरणा दिने परिवार, आफन्त, साथीभाइ तथा समग्र नेपाली समुदायको साझा सम्मान भएको बताएका छन् ।

कञ्चनपुर — अस्ट्रेलियामा नेपाली समुदायका सदस्यहरूलाई सहयोग तथा सामाजिक सेवामा सक्रिय कञ्चनपुरको बेलौरीका युवा किशोर शाही ‘Newcastle Volunteer Service Award 2026’ बाट सम्मानित भएका छन् ।

अस्ट्रेलियाको न्यूक्यासलमा आयोजित विशेष समारोहमा न्यूक्यासल क्षेत्रकी संघीय सांसद तथा अस्ट्रेलियाको प्रतिनिधिसभाकी उपसभामुख Sharon Claydon MP ले शाहीलाई उक्त सम्मान प्रदान गरेकी हुन् । स्वयंसेवा, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको जनाइएको छ ।

सन् २०१७ मा अस्ट्रेलिया पुगेदेखि नै शाही नेपाली विद्यार्थी तथा समुदायका सदस्यहरूलाई आवश्यक सहयोग र मार्गदर्शन उपलब्ध गराउँदै आएका छन् । विशेषगरी नयाँ आउने नेपालीहरूलाई आवास खोज्न, रोजगारीसम्बन्धी जानकारी लिन तथा विभिन्न अप्ठ्यारा परिस्थितिमा सहयोग जुटाउन उनी सक्रिय रहँदै आएका हुन् ।

‘Nepalese in Newcastle’ नामक फेसबुक ग्रुपमार्फत नेपालीहरूलाई एकीकृत गर्ने, विद्यार्थी तथा स्थानीय क्लबहरूलाई सहयोग गर्ने र सार्वजनिक यातायात अवरुद्ध भएका बेला कारपुलिङ समन्वय गर्नेजस्ता सामाजिक काममा समेत उनको योगदान छ ।

शाहीको सामाजिक सेवा अस्ट्रेलियामा मात्र सीमित छैन । नेपालमा पनि आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई लत्ताकपडा, जुत्ता तथा आधारभूत आवश्यकता पूरा गर्न सहयोग गर्दै आएका छन् । उपचारका लागि आर्थिक कठिनाइ भोगिरहेका व्यक्ति तथा समुदायलाई समेत आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उनले बताएका छन् ।

सम्मान प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै शाहीले यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि आफूलाई साथ, सहयोग र प्रेरणा दिने परिवार, आफन्त, साथीभाइ तथा समग्र नेपाली समुदायको साझा सम्मान भएको बताएका छन् । उनले विशेषगरी आफ्ना आमाबुबा, श्रीमती, गुरुहरू, दिदीबहिनीहरू तथा ‘Nepalese in Newcastle’ का सम्पूर्ण एडमिन टिमप्रति आभार व्यक्त गरेका छन् । साथै, यो सम्मानले आफ्नो हौसला बढाउनुका साथै सामाजिक सेवाप्रतिको जिम्मेवारीसमेत थपिएको उल्लेख गरेका छन् ।

‘म ठूलो मान्छे बन्न चाहन्नँ, केवल कसैको अप्ठ्यारो समयमा काम लाग्ने असल मान्छे बन्न चाहन्छु,’ शाहीले आफ्नो अभिव्यक्तिमा भनेका छन् । विदेशमा रहेर पनि नेपाली समुदायको सुखदुःखमा साथ दिने र जन्मभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने शाहीको योगदानले नेपाली युवाहरूमा सकारात्मक प्रेरणा थपेको उनका शुभचिन्तकहरूको भनाइ छ ।

हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोर जीवितै भेटिए

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोर जीवितै भेटिए

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता एक १७ वर्षीय किशोर जीवितै फेला परेका छन् । भिक्टोरिया राज्यको मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगलमा साथीहरूसँग क्याम्पिङ गर्न गएका विलियम (थर...

#अस्ट्रेलिया #किशोर
Compare →
Onlinekhabar
1d ago
कञ्चनपुरमा एक जना मृत भेटिए

कञ्चनपुरमा एक जना मृत भेटिए

२६ कात्तिक, धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए । उनकाअनुसार बुधबार घरबाट निस्किएका …

#कञ्चनपुर
Compare →
Nagarik News
3d ago
सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

ठेलागाडा व्यापारीमाथि दुर्व्यवहार गरिएको एक पुरानो भिडियोलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ।

#शाही
Compare →
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#अस्ट्रेलिया
Compare →

Related Stories

World News
Build #2612