Trending
Prev Story
Next Story

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

Onlinekhabar •
November 15, 2026 • 07:31 AM
3
3 reads 0 reactions

२९ कात्तिक, जेरुसेलम (रासस/सिन्ह्वा)। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन्। शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उनले इरानले आफ्नो आणविक कार्यक्रम पुनः …

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

२९ कात्तिक, जेरुसेलम (रासस/सिन्ह्वा)। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन्।

शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उनले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए।

नेतान्याहुले नयाँ सरकार गठनको जिम्मेवारी पाउनुभएका आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गाडी आइसेनकोटलाई कुनै पूर्वसर्त नराखी गठबन्धन निर्माणका लागि वार्ता सुरु गर्न आग्रह गरेका छन्।

“इजरायलको विनाश चाहने इरानी शासनले पुनः आफ्नो आणविक कार्यक्रम अघि बढाउन काम गरिरहेको छ । यस अस्तित्वगत खतरालाई सदाका लागि अन्त्य गर्नुपर्छ,” उनले सम्बोधनका क्रममा भनेका छन्।

राष्ट्रिय एकता सरकार गठन भए इजरायलको सुरक्षा आगामी वर्षसम्म सुनिश्चित गर्न सकिने र क्षेत्रीय शान्ति सम्झौतालाई थप विस्तार गर्न मद्दत पुग्ने नेतान्याहुको भनाइ छ ।

यसअघि बिहीबार नेतान्याहु र आइसेनकोटबीच सुरक्षा विषयमा छलफल भएको थियो ।

गत अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनपछि नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले संसद्मा बहुमत गुमाएको थियो । पूर्वसैनिक प्रमुखसमेत रहेका आइसेनकोटलाई राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनका लागि २८ दिनको समय दिएका छन्। आवश्यक परे उक्त समय थप १४ दिन बढाउन सकिने व्यवस्था छ ।

नयाँ सरकार गठन भएर कार्यभार सम्हाल्नुअघि नेतान्याहु नै कामचलाउ प्रधानमन्त्रीका रूपमा पदमा रहनेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
1h ago
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान...

#नेतान्याहु #इजरायल #इरान
Compare →
Hamro Patro News
3d ago
सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

काठमाडौं- अहिले इजरायली प्रधानमन्त्री अन्योलमा छन् । राष्ट्रपति आइजाक हर्गोजले विपक्षी गठबन्धनका गादी आइसेनकोटलाई नयाँ सरकार गठन गर्न सङ्केत गरिसकेका छन् । त्यसको दुई दिनपछि बेन्जामिन नेतान्याहुले ...

#नेतान्याहु #गठन
Compare →
Bizshala
3d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#इरान #आणविक
Compare →

Related Stories

Politics & Governance
Build #2612