Trending
Prev Story
Next Story

आइजेनकोटलाई नेतान्याहुले फेरि भने- मिलेर राष्ट्रिय एकताको सरकार गठन गरौं

Onlinekhabar •
November 15, 2026 • 03:31 AM
3
3 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गादी आइजेनकोटसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने आफ्नो अपिल दोहोर्‍याएका छन् । यस्तो सरकारले इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीहरूको सामना गर्न सक्ने भन्दै उनले …

आइजेनकोटलाई नेतान्याहुले फेरि भने- मिलेर राष्ट्रिय एकताको सरकार गठन गरौं

२९ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गादी आइजेनकोटसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने आफ्नो अपिल दोहोर्‍याएका छन् ।

यस्तो सरकारले इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीहरूको सामना गर्न सक्ने भन्दै उनले जसमध्ये सबैभन्दा ठूलो खतरा इरान भएको बताए ।

सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा नेतान्याहुले आइजेनकोटसँगको आफ्नो कुराकानीले देशको सुरक्षाका लागि राष्ट्रिय एकताको सरकार गठन आवश्यक छ भन्ने कुरामा आफूलाई थप विश्वस्त बनाएको बताएका छन् ।

इरानी शासन इजरायललाई ध्वस्त पार्न चाहेको र आफ्नो आणविक कार्यक्रम पुनः सुरु गर्न खोजिरहेको नेतान्याहुको दाबी छ ।

नेतान्याहुले यो खतरालाई सदाको लागि हटाउन आवश्यक रहेको बताए ।

‘सीमित समर्थनमा भर पर्ने वा आतंकवादी समर्थकहरूमा भर पर्ने सरकारले यो चुनौतीको सामना गर्न सक्दैन,’ उनले भनेका छन् ।

उनले प्रस्तावित राष्ट्रिय एकता सरकारमा इजरायललाई यहुदी जनताको राष्ट्रको रूपमा मान्यता दिने दलहरूलाई मात्र समावेश गर्ने बताए ।

नेतान्याहुका प्रतिद्वन्द्वी तथा विपक्षी नेता गादी आइजेनकोटले अरब दलहरूको समर्थनमा सरकार गठन गर्ने प्रयास गरिरहेका छन्।

उनले अन्य दलहरूलाई नेतान्याहुलाई सत्ताबाट हटाउन तत्काल निर्णय लिन अपिल गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

काठमाडौं- अहिले इजरायली प्रधानमन्त्री अन्योलमा छन् । राष्ट्रपति आइजाक हर्गोजले विपक्षी गठबन्धनका गादी आइसेनकोटलाई नयाँ सरकार गठन गर्न सङ्केत गरिसकेका छन् । त्यसको दुई दिनपछि बेन्जामिन नेतान्याहुले ...

#नेतान्याहु #गठन
Compare →
Nagarik News
26m ago
इरानको खतरा देखाउँदै नेतान्याहूले फेरि मागे राष्ट्रिय एकताको सरकार, आइसेनकोटले दिए यस्तो जवाफ

इरानको खतरा देखाउँदै नेतान्याहूले फेरि मागे राष्ट्रिय एकताको सरकार, आइसेनकोटले दिए यस्तो जवाफ

इजरायलका कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विपक्षी नेता गादी आइसेनकोटसँग फेरि राष्ट्रिय एकता सरकार बनाउन प्रस्ताव गरेका छन्।

#एकता #फेरि
Compare →
Ekantipur
2d ago
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न समिति गठन

समितिले सात दिनभित्र दुर्घटनाको कारण, सडकको अवस्था र सम्भावित जोखिमबारे अध्ययन गरी प्रतिवेदनसहित दुर्घटना न्यूनीकरणका सुझाव पेस गर्नेछ।

#गठन
Compare →
Bizshala
2d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#नेतान्याहु
Compare →

Related Stories

Politics & Governance
Build #2612