Trending
Prev Story
Next Story

बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

Ekantipur •
November 14, 2026 • 08:02 AM
2
2 reads 0 reactions

बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

वीरगन्ज — सशस्त्र प्रहरी बलले पर्सा र बाराका विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएका १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्सा र मातहतका कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरेका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार विभिन्न स्थानबाट १ लाख ४३ हजार ४ सय ५१ रुपैयाँ बराबरको भिटामिन तथा औषधि र विन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित बीओपी अमरपट्टीबाट खटिएको टोलीले १ लाख १ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।

त्यस्तै, पर्सा र बाराको सीमा नजिकै छाप्रोमा भन्सार छली ल्याएर लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा दुवै जिल्लाका सशस्त्र प्रहरी गणबाट खटिएको संयुक्त टोलीले ९ लाख ७० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।

यसैगरी, मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट ४ लाख ५ हजार ५ सय ९० रुपैयाँ बराबरका मोटरसाइकलका पार्टपुर्जा, औषधि, तरकारी, जुत्ता, अगरबत्ती, नरिवललगायतका सामान बरामद गरेको छ। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए।

यसैबीच, बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १२ हजार रुपैयाँ मूल्य बराबरको ६० लिटर घरेलु मदिरा बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेर नष्ट गरेको सशस्त्र प्रहरीले जनाएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
रुपन्देहीमा ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद

रुपन्देहीमा ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद

२२ कात्तिक, काठमाडौं । रुपन्देहीमा प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ । आइतबार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा …

#अवैध #बरामद #लाखभन्दा
Compare →
Nagarik News
3d ago
अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।

#अवैध #बरामद
Compare →
Hamro Patro News
3d ago
अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ । काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट ने...

#अवैध #बरामद
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद
Compare →

Related Stories

National (Nepal)
Build #2612