Trending
Prev Story
Next Story

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

Arthasansar •
November 09, 2026 • 03:04 PM
2
2 reads 0 reactions

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ नगद, तास र कौडा बरामद गरेको छ । नेपाल प्रहरीका अनुसार सुर्खेत, ललितपुर, काभ्रे, धनुषा र सर्लाहीबाट उनीहरू पक्राउ परेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोकस्थित सुशील भारतीको घरमा जुवातास खेलिरहेको अवस्थामा भारतीसहित १२ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट चार लाख एक हजार ४८५ रुपैयाँ बरामद भएको छ । त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकबाट अर्जुन जंग शाहीसहित १० जना पक्राउ परेका छन् । उनीहरूबाट एक लाख ८१ हजार १०० रुपैयाँ बरामद भएको छ । वीरेन्द्रनगर–३ गण्डकी लाइनबाट मानबहादुर गुरुङसहित आठ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट तीन लाख ७७ हजार ८५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी वीरेन्द्रनगर–६ खोर्केलाइनबाट कबिराम विकसहित ११ जना पक्राउ परेका छन् । उनीहरूबाट एक लाख २७ हजार ८५ रुपैयाँ र १३ बुक तास बरामद भएको छ । ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित रामसिंह खड्काको घरबाट खड्कासहित नौ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक लाख ५८ हजार ७१५ रुपैयाँ र चार बुक तास बरामद भएको छ । गोदावरी नगरपालिका–१० प्याङगाउँबाट सन्तोष तिमल्सिनासहित दुई जना पक्राउ परेका छन् । उनीहरूबाट ४० हजार ३०५ रुपैयाँ र एक बुक तास बरामद भएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित सार्वजनिक प्रतीक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सुवास दनुवारसहित ११ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६१ हजार ५९० रुपैयाँ, १६ थान कौडा र एक बुक तास बरामद भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित साजन टेन्ट हाउसबाट मनिषकुमार धामीसहित १८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक लाख ६१ हजार ६४४ रुपैयाँ र तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–८ बाट रामबहादुर साहसहित नौ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६ लाख ७८ हजार ५६० रुपैयाँ र चार बुक तास बरामद भएको छ । त्यस्तै, ब्रह्मपुरी गाउँपालिका–१ बाट सुजितकुमार साहसहित १७ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट तीन लाख २० हजार १७५ रुपैयाँ र चार बुक तास बरामद भएको छ । सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जन...

#परे #जुवातास #खेलिरहे
Compare →
Onlinekhabar
3d ago
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

२४ कात्तिक, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई …

#जुवातास #खेलिरहे #अवस्थामा
Compare →
Nagarik News
4d ago
जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ

जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको छ।

#परे #जुवातास #खेलिरहे
Compare →
Ekantipur
3d ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ

धनकुटामा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ

धनकुटाको पाख्रीबास नगरपालिका–९ लिसिम्बुबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

#खेलिरहे #अवस्थामा
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद
Compare →

Related Stories

National (Nepal)
Build #2611