Trending
Prev Story
Next Story

टिपताला नाकामा हिउँ परेपछि द्विदेशीय सीमा बैठक स्थगित

Ekantipur •
November 15, 2026 • 07:32 AM
3
3 reads 0 reactions

टिपताला भन्ज्याङमा भारी हिमपात भएपछि मंसिर ३ गते ताप्लेजुङमा हुने द्विदेशीय सीमा बैठक तत्कालका लागि रोकिएको हो।

टिपताला नाकामा हिउँ परेपछि द्विदेशीय सीमा बैठक स्थगित

टिपताला भन्ज्याङमा भारी हिमपात भएपछि मंसिर ३ गते ताप्लेजुङमा हुने द्विदेशीय सीमा बैठक तत्कालका लागि रोकिएको हो।

ताप्लेजुङ — नेपालको ताप्लेजुङ र चीनको डिङजे काउण्टीका सीमा सुरक्षा अधिकारीबीच मंसिर ३ का लागि तय भएको द्विदेशीय सीमा सुरक्षा बैठक स्थगित हुने भएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला र चीनको स्वशासित क्षेत्र तिब्बतको डिङजे काउण्टीको सीमावर्ती क्षेत्र टिपताला भन्ज्याङमा परेको हिमपातका कारण सीमा बैठक स्थगित गर्नु परेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले जानकारी दिए । ‘औपचारिक निर्णयचाहिँ भोलि सोमबार गछौँ,’ दाहालले भने, ‘तर, सीमा बैठकचाहिँ अहिलेलाई स्थगित गर्ने टुङ्गोमा पुग्यौँ ।’

५३ सय मिटर उचाइमा रहेको टिपताला भन्ज्याङ क्षेत्रमा अहिले धेरै हिउँ जमेको ओलाङचुङगोलामा तेन्जिङ शेर्पाले बताए।  ‘उता चाइनातिर पनि सडक पुरै ढाक्नेगरी तलैसम्म हिउँ परेको छ,’ तेन्जिङले भने, ‘यता हाम्रोतिर (ओलाङचुङगोला क्षेत्र)मा पनि हिउँ टिपताला भन्ज्याङको तलैसम्म परेको छ ।’ यो मार्ग तत्काल प्रयोग गर्न सक्ने अवस्था नभएकाले बैठक स्थगनको निर्णय गर्नुपर्ने अवस्था भएको दाहालले बताए ।

ताप्लेजुङमा पहिलो पटक चिनियाँ अधिकारीसँग बैठक हुन लागेको थियो । यसअघि बिभिन्न समयमा ताप्लेजुङका सुरक्षा अधिकारी भनें चिनको रिउ र घुम्तिमामा पुगेर सीमा बैठकमा सहभागी भएका थिए । यस पटक जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमै आयोजना गरेर चिनियाँ सुरक्षा अधिकारीलाई आमन्त्रण गरिएको थियो । चिनियाँ अधिकारीले आउनका लागि तयारी गरे पनि मौसमका कारण तत्काल नहुने भएको फक्ताङलुङ-७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सीमा
Compare →
Hamro Patro News
1d ago
महाकालीमाथि बनेका ११ पुल : सीमाले छुट्याएको भूगोल, पुलले जोडेको सम्बन्ध

महाकालीमाथि बनेका ११ पुल : सीमाले छुट्याएको भूगोल, पुलले जोडेको सम्बन्ध

दार्चुला। महाकाली नदीको एक किनारमा नेपाल छ, अर्को किनारमा भारत। नदीले दुई देशको सीमा छुट्याएको छ, तर वारिपारिका मानिसको भाषा, संस्कृति, रहनसहन र पारिवारिक सम्बन्धलाई छुट्याउन सकेको छैन। कुनै समय द...

#सीमा
Compare →
Onlinekhabar
3d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सीमा
Compare →

Related Stories

World News
Build #2612