Trending
Prev Story
Next Story

अप्पर तामाकोशीको नाफा १.१२ प्रतिशत घट्यो, विद्युत बिक्री आम्दानी बढ्यो

Bizshala •
November 15, 2026 • 05:34 AM
2
2 reads 0 reactions

काठमाडौं । अप्पर तामाकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ...

अप्पर तामाकोशीको नाफा १.१२ प्रतिशत घट्यो, विद्युत बिक्री आम्दानी बढ्यो

काठमाडौं । अप्पर तामाकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१२ प्रतिशत कम हो । गत वर्ष कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी भने २.२८ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ थियो । सञ्चालन नाफा पनि बढेर २ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ ।

यद्यपि, वित्तीय खर्च १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सामान्य गिरावट आएको हो । गत वर्ष यस्तो खर्च १ अर्ब ४ करोड ५९ लाख रुपैयाँ थियो ।

२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नोक्सानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा रहेको छ ।

४५६ मेगावाट क्षमताको आयोजना पूर्ण रूपमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । पहिरोबाट क्षति पुगेका संरचनाको अधिकांश मर्मत तथा रोकथामका काम सम्पन्न भइसकेका छन् । दीर्घकालीन ऋणको ब्याजदर घटाएर स्थिर बनाइएकाले आगामी दिनमा वित्तीय खर्च कम भई अवस्था सुधार हुने कम्पनीको अपेक्षा छ ।

यता, २०८१ असोज १२ गतेको पहिरोबाट संरचना तथा विद्युत बिक्रीमा भएको क्षतिको बीमा दाबी रकम भने अझै प्राप्त हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
6d ago
सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकसम्मको...

#नाफा #आम्दानी
Compare →
Nagarik News
13h ago
बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रस्ताव गरेको छ।

#जलविद्युत् #विद्युत
Compare →
Hamro Patro News
14h ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#नाफा
Compare →
Ekantipur
21h ago
तामाकोशीले बगाउँदा एक बालक बेपत्ता

तामाकोशीले बगाउँदा एक बालक बेपत्ता

दाेलखाकाे उत्तरी बजार नजिकै तामाकोशीमा पाैडी खेल्दा अन्दाजी १२ वर्षीय बालक बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

#तामाकोशी
Compare →
Onlinekhabar
3d ago
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#आम्दानी
Compare →

Related Stories

National (Nepal)
Build #2612