दाेलखाकाे उत्तरी बजार नजिकै तामाकोशीमा पाैडी खेल्दा अन्दाजी १२ वर्षीय बालक बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।
दोलखा — पाैडी खेल्ने क्रममा तामाकाेशी नदीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
दाेलखाकाे उत्तरी बजार नजिकै तामाकोशीमा पाैडी खेल्दा अन्दाजी १२ वर्षीय बालक बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । भारतको बिहार घर भएका उनको नाम खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।
सुरक्षाकर्मी र स्थानीयले खाेजी गरिरहेकाे प्रहरीले जनाएकाे छ ।