Trending
Prev Story
Next Story

स्पामा विद्युत् सर्ट हुँदा ६० लाखको क्षति

Nagarik News •
November 14, 2026 • 08:06 AM
2
2 reads 0 reactions

आज बिहान करिब ८:०० बजे प्रजापति कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराएका थिए।

स्पामा विद्युत् सर्ट हुँदा ६० लाखको क्षति

मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी हुँदा करिब रु ८० लाख बराबरको क्षति भएको छ।

आज बिहान करिब ८:०० बजे प्रजापति कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराएका थिए। आगलागीबाट सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेश प्रालि’ मा विद्युत् सर्ट भई आगलागी भएको स्पाका सञ्चालक नरेश रन्जितले जानकारी दिए।

उनले भने, ‘बिहान अचानक विद्युत् सर्ट भएर स्पामा आगलागी भएको हो। यसबाट स्पाको मात्रै करिब रु ६० लाख बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ, पाँच वर्षदेखि सञ्चालनमा आएको स्पाले आगलागीबाट ठूलो क्षति व्यहोर्नुपरेको छ।’

आगलागीबाट करिब रु २० लाख बराबरको क्षति भएको कम्प्लेक्सका सञ्चालक प्रजापतिले जानकारी दिए। कम्प्लेक्स र स्पामा गरी करिब रु ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार आगलागी भएको करिब डेढ घण्टामा जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासीबाट आएको टोली र प्रहरी वृत्त थिमिबाट आएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो। नेपाली सेना रणशेर गण सूर्यविनायकको टोलीले पनि आगलागी नियन्त्रणमा सहयोग गरेको थियो।

आगलागी बिहान भएकाले घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। अग्लो भवनको माथिल्लो तलामा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भने भएको उनले बताए।

जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्लो भवनमा हुने आगलागी नियन्त्रणका लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउन माग गरिरहेको बताउँदै सरकारले अग्लो भवनमा हुने आगलागी नियन्त्रणका लागि नयाँ प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए। रासस

प्रकाशित: २८ कार्तिक २०८३ १३:५१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
भक्तपुरको साततले भवनमा आगलागी स् स्पा र कम्प्लेक्समा ८० लाखको क्षति

भक्तपुरको साततले भवनमा आगलागी स् स्पा र कम्प्लेक्समा ८० लाखको क्षति

भक्तपुर । भक्तपुरको राधेराधेस्थित साततले प्रजापति कम्प्लेक्समा भएको आगलागीले करिब ८० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट गरेको छ। भवनको सातौँ तलामा रहेको स्पामा विद्युत् सर्ट भएर सुरु भएको आगो...

#आगलागी #स्पा #लाखको
Compare →
Ekantipur
1h ago
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो ।

#स्पा #आगलागी
Compare →
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#आगलागी #क्षति
Compare →
Onlinekhabar
2d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#आगलागी #क्षति
Compare →
Arthasansar
5d ago
लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

#विद्युत्
Compare →

Related Stories

Technology
Build #2612