Trending
Prev Story
Next Story

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

Ekantipur •
November 14, 2026 • 07:32 AM
2
2 reads 0 reactions

अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो ।

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो ।

भक्तपुर — मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको साताैँ तलामा आज बिहान आगलागी भएको छ ।

बिहान करिब ८ बजे कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराएका थिए । आगलागीबाट ‘द ट्रयाङ्कुली टाइम्स स्पा एन्ड वेलनेस प्रालि’ मा विद्युत् सर्ट भई आगलागी भएको स्पाका सञ्चालक नरेश रन्जितले जानकारी दिए ।

कम्प्लेक्स र स्पामा गरी करिब रु ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । उनका अनुसार आगलागी भएको करिब डेढ घण्टामा जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासीबाट आएको टोली र प्रहरी वृत्त थिमिबाट आएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । नेपाली सेना रणशेर गण सूर्यविनायकको टोलीले पनि आगलागी नियन्त्रणमा सहयोग गरेको थियो ।

अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो ।

जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्लो भवनमा हुने आगलानी नियन्त्रणमा लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउन माग गरिरहेको बताए । सरकारले अग्लो भवनमा हुने आगलागी नियन्त्रणका लागि नयाँ प्रविधि भित्र्याउनुपर्ने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
32m ago
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो । कार्तिक २८, २०८३ रासस काठमाडौँ — मध्यपुरथिमि-९...

#आगलागी #कम्प्लेक्स #राधेराधेस्थित
Compare →
Onlinekhabar
15m ago
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

२८ कात्तिक, काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाहरू त्रसित …

#आगलागी #राधेराधेस्थित #प्रजापति
Compare →
Nagarik News
5d ago
नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्रेड एण्ड सप्लायर्समा आगलागी भएको हो ।

#आगलागी
Compare →
Arthasansar
2w ago
सोलुखुम्बुको खुम्बुमा रहेकाे होटल गुडलकमा आगलागी

सोलुखुम्बुको खुम्बुमा रहेकाे होटल गुडलकमा आगलागी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ । दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु...

#आगलागी
Compare →

Related Stories

National (Nepal)
Build #2612