बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साहस ऊर्जाको खुद नाफा २१ प्रतिशत बढेको छ ।
कम्पनीले ५९ करोड ९१ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यसअघिको वर्ष यस्तो नाफा ४९ करोड ४८ लाख रूपैयाँ थियो ।
बिक्री आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा कम्पनीको नाफा बढेको हो ।कम्पनीको बिक्री आम्दानी ९२ करोड ४६ लाख रूपैयाँबाट बढेर ९५ करोड ३८ लाख रूपैयाँ पुगेको छ । त्यस्तै वित्तीय खर्च भने १६ करोड ७९ लाख रूपैयाँबाट घटेर ११ करोड ६५ लाख रूपैयाँमा सीमित भएको छ ।
बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ५२ रूपैयाँ ४० पैसा छ । प्रतिसेयर नेटवर्थ एक सय ९३ रूपैयाँ छ । कम्पनीको हाल सात सय २५ रूपैयाँमा सेयर कारोबार भइरहेको छ ।