Trending
Prev Story
Next Story

सार्क चेम्बर पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

Onlinekhabar •
November 17, 2026 • 12:31 PM
2
2 reads 0 reactions

१ मंसिर, काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समिति बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । नेपाल …

सार्क चेम्बर पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

१ मंसिर, काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् ।

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समिति बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आईएमई ग्रुपका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्स लगायत नेपालका सात वटै प्रदेशमा पर्यटन पूर्वाधार विकासका साथै स्वदेशी ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धक तथा लगानीकर्ता समेत हुन् ।

संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेकाले यस क्षेत्रलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।

सर्वोच्च शिखर सगरमाथादेखि हिन्द महासागरका टापु, विशाल समुद्री तट, जंगल, मरुभूमि तथा समृद्ध धार्मिक र ऐतिहासिक सम्पदाहरूले यस क्षेत्रमा पर्यटनको अपार सम्भावना बोकेको उनको भनाइ छ ।

विश्वको करिब एक चौथाइ जनसंख्या बसोबास गर्ने दक्षिण एसिया आफैंमा एक विशाल आन्तरिक पर्यटन बजार रहेको उल्लेख गर्दै उनले यो सम्भावना यथार्थमा बदल्न समग्र सार्क क्षेत्रमै पर्यटन पूर्वाधार स्तरोन्नति र लगानी विस्तार अपरिहार्य रहेको बताए ।

‘अन्तरदेशीय लगानी विस्तारले पूँजीसँगै ज्ञान, सिप र प्रविधि आदान–प्रदानलाई समेत टेवा पुर्‍याउँछ,’ यस क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डहरूलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै संयोजक ढकालले भने, ‘नेपालकै सन्दर्भमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनहरूलाई यहाँको पर्यटन पूर्वाधारमा आकर्षित गर्दै नेपाली आतिथ्य क्षेत्रको अनुभव क्षेत्रीय स्तरमा जोड्न सकिन्छ ।’

क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्क भित्रै घुमौं’ भन्ने भावनासाथ अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले औँल्याए । विभिन्न देशका गन्तव्य समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्दै धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनमा आपसी आदान–प्रदान बढाउन सकिने उनको धारणा छ ।

क्षेत्रीय पर्यटन विकासको मुख्य आधार सहज सम्पर्क सञ्जाल (कनेक्टिभिटी) रहेको उल्लेख गर्दै उनले सार्क राष्ट्रका प्रमुख सहरबीच सिधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्न सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमनमा तीव्रता आउने बताए ।

यसै क्रममा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पनि सार्कका प्रमुख गन्तव्यहरूसँग सिधा हवाई सम्पर्कमा जोड्न सकिए क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीचको बलियो सहकार्य अनिवार्य रहेको बताउँदै संयोजक ढकालले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरजस्ता क्षेत्रीय मञ्चहरूले पुलको काम गर्न सक्ने उल्लेख गरे ।

उनले समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको समेत बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
37m ago
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

#सार्क #चेम्बर #ढकाल
Compare →
Bizshala
4d ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#ढकाल #पर्यटन #चन्द्र
Compare →
Hamro Patro News
1d ago
जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज (बसन्त) कार्की मनोनीत

जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज (बसन्त) कार्की मनोनीत

• नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले टोष्टराज कार्कीलाई नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा मनोनयन गरेको छ। • कार्कीको मनोनयन परिवारको राजनीतिक निष्ठा र योगदानको सम्मान…

#संयोजक
Compare →
Nagarik News
1d ago
सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा

सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा

बाढीपछि ‘नेपाल कलिङ, आइएमइन नेपाल, नेपाल सेफ’ जस्ता अभियानमार्फत नेपाल खुला छ, नेपाल स्वागत गर्न तयार छ र विपत्तिबाट प्रभावित सीमित क्षेत्रबाहेक देशका अधिकांश पर्यटन गन्तव्य पर्यटकका लागि खुला छन् भन्ने सन्देश विश्वभर पुर्याउन सरकारले प्रयास गरेको थियो।

#पर्यटन
Compare →
Arthasansar
4d ago
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न...

#ढकाल
Compare →

Related Stories

Business & Economy
Build #2612