Trending
Prev Story
Next Story

लक्ष्मी सनराइज बैंकले डाक्यो साधारणसभा, ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव

Bizshala •
November 19, 2026 • 06:05 AM
3
3 reads 0 reactions

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक...

लक्ष्मी सनराइज बैंकले डाक्यो साधारणसभा, ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको ३३३औँ बैठकले आगामी मंसिर २५ गते शुक्रबार वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ। उक्त प्रस्तावअनुसार बैंकले १ अर्ब ३३ करोड ९० लाख ५८ हजार १७३ रुपैयाँ बराबरको बोनस सेयर जारी गर्नेछ।

बोनस सेयर वितरणका लागि आवश्यक हदसम्म बैंकको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ।

यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1h ago
लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बाेलायाे साधारणसभा, बुक क्लाेज कहिले ?

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बाेलायाे साधारणसभा, बुक क्लाेज कहिले ?

लक्ष्मी सनराइज बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५...

#लक्ष्मी #सनराइज #बैंकले
Compare →
Nagarik News
21h ago
बाँकेमा भुमिहिनलाई जग्गा धनीपुर्जा वितरण सुरु, राप्ती सोनारी–४ का १० जनालाई पुर्जा हस्तान्तरण

बाँकेमा भुमिहिनलाई जग्गा धनीपुर्जा वितरण सुरु, राप्ती सोनारी–४ का १० जनालाई पुर्जा हस्तान्तरण

बाँकेमा भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा धनीपुर्जा वितरण कार्य सुरु गरिएको छ।

#वितरण
Compare →
Hamro Patro News
3d ago
अस्ट्रेलियामा ११ विधामा नई उत्कृष्टता पुरस्कार वितरण

अस्ट्रेलियामा ११ विधामा नई उत्कृष्टता पुरस्कार वितरण

काठमाडौं । नई एकेडेमी अस्ट्रेलियाले सन् २०२६ का लागि विभिन्न ११ विधामा ‘नई उत्कृष्टता पुरस्कार’ वितरण गरेको छ । अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामा...

#वितरण
Compare →
Onlinekhabar
1w ago
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

२३ कात्तिक, काठमाडौं । यतिबेला सेयर बजारमा सूचीकृत कम्पनीहरूले सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा …

#बोनस
Compare →

Related Stories

Business & Economy
Build #2612