Trending
Prev Story
Next Story

सिक्लेस हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने

Arthasansar •
November 19, 2026 • 05:35 AM
4
4 reads 0 reactions

सिक्लेस हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २७ गतेका लागि वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।  कम्पनीले...

सिक्लेस हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने

सिक्लेस हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २७ गतेका लागि वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश र बोनस सेयर वितरणपश्चात कायम चुक्तापूँजीमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बालाएको हो । कम्पनीको २२ औँ वार्षिक साधारणसभा आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १२.७०६ प्रतिशतका दरले बोनस सेयर, सोको कर प्रयोजनार्थ ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.७७४५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले हकप्रद सेयर जारी बापत प्राप्त रकमको प्रयोजन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
45m ago
सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने

सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण...

#सिक्लेस #हाइड्रोपावर #लाभांश
Compare →
Hamro Patro News
6d ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४.४...

#हाइड्रोपावर #लाभांश
Compare →
Onlinekhabar
1w ago
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई …

#साधारणसभा #लाभांश
Compare →
Ekantipur
1h ago
सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

मर्जरपछि कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

#लाभांश
Compare →
Nagarik News
1d ago
प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूलताका बीच पनि सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन हुनुलाई सुशासनको लाभांशका रूपमा बुझ्नुपर्ने बताएका छन्।

#लाभांश
Compare →

Related Stories

Sports
Build #2612