Trending
Prev Story
Next Story

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले आपसी सद्भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस् : प्रम शाह

Nagarik News •
November 22, 2026 • 05:40 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले आपसी सद्भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस् : प्रम शाह

प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशलाई सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका हुन्। उनले राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण पहिलोपटक कर्णालीमा आयोजना हुन लागेको बताएका छन्।

उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस् भन्दै कामना समेत गरेका छन्।

प्रधानमन्त्री शाहको शुभकामना सन्देश:

घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण यसपटक तपाईंहरूको प्रदेशमा आयोजना हुँदैछ। यसको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन्।

राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनुहुनेछ।

कर्णालीले पहिलोपटक यति ठूलो खेलकुद महाकुम्भको आयोजना गर्दैछ। यस प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै, खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले तपाईंहरू नागरिकस्तरबाटै यस खेलकुदलाई साथ र समर्थन गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा मात्र संस्करण आयोजना हुनु दुःखद पक्ष हो। अब सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्नेछ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस्।

प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना।

प्रकाशित: ६ मंसिर २०८३ ११:२५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
दशौँ राष्ट्रिय खेलकुदले कर्णालीको पहिचान र सम्भावना राष्ट्रियस्तरमा चिनाउनेछ : प्रधानमन्त्री शाह

दशौँ राष्ट्रिय खेलकुदले कर्णालीको पहिचान र सम्भावना राष्ट्रियस्तरमा चिनाउनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्...

#बालेन-शाह #खेलकुद #दशौँ
Compare →
Ekantipur
2h ago
दसौं राष्ट्रिय खेलकुद : उद्घाटनमा झल्किनेछन् दसै जिल्लाका सांस्कृतिक पहिचान

दसौं राष्ट्रिय खेलकुद : उद्घाटनमा झल्किनेछन् दसै जिल्लाका सांस्कृतिक पहिचान

कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रबिन चन्दका अनुसार उद्घाटन समारोहमा जिल्लागत रूपमा सांस्कृतिक झाँकी, परम्परागत नाचगान, बाजागाजा र मौलिक प्रस्तुतिहरू समेटिनेछन्। राउटे समुदायको नाचसमेत समारोहको आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी छ।

#खेलकुद
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #शाह
Compare →

Related Stories

Sports
Build #2612