Trending
Prev Story
Next Story

मत्स्यपोखरीमा सुरु भयो चिचिला महोत्सव, पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरणमा जोड

Ekantipur •
November 22, 2026 • 04:32 AM
13
13 reads 0 reactions

संखुवासभाको चिचिला गाउँपालिकास्थित सुन्दर पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा शनिबारदेखि ‘चिचिला महोत्सव ’ सुरु भएको छ।

मत्स्यपोखरीमा सुरु भयो चिचिला महोत्सव, पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरणमा जोड

संखुवासभाको चिचिला गाउँपालिकास्थित सुन्दर पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा शनिबारदेखि ‘चिचिला महोत्सव ’ सुरु भएको छ।

संखुवासभा — संखुवासभाको चिचिला गाउँपालिकास्थित सुन्दर पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा शनिबारदेखि ‘चिचिला महोत्सव ’ सुरु भएको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले शनिबार एक समारोहबीच महोत्सवको उद्घाटन गरेका हुन्।

महोत्सवले यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र स्थानीय उत्पादनलाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ, मन्त्री लिथेपले भने चार दिनसम्म सञ्चालन हुने महोत्सवले मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र चिचिलाको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने छ । प्रकृति, पर्यटन, संस्कृति, साहित्य, खेलकुद र संगीतको संगमका रूपमा सुरु भएको चिचिला महोत्सवले सङ्खुवासभाको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने उनले बताए । उनले पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिए ।

पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, मौलिक कला–संस्कृतिको संरक्षण तथा स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सव शनिबारबाट ८ गतेसम्म चार दिन सञ्चालन हुनेछ।

महोत्सवमा स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज, खाद्यान्न, पशुपन्छीजन्य सामग्री तथा हस्तकलाका सामग्रीको प्रदर्शनी र बिक्री वितरणका लागि कम्तीमा ३० वटा स्टल राखिएका छन् । शेर्पा, राई, गुरुङलगायत विभिन्न जातजातिका मौलिक परिकारको स्वाद लिन सकिने फुड फेस्टिभल पनि महोत्सवको आकर्षण बनेको छ।

साहित्य, संगीत र संस्कृतिलाई पनि महोत्सवमा विशेष प्राथमिकता दिइएको छ। साहित्यिक कार्यक्रममा नेपाली राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) लगायत कोशी प्रदेशका १४ वटै जिल्लाका साहित्यकारहरू सहभागि छन्। त्यसैगरी मंसिर ६ गते दिउँसो ३ बजेदेखि खुला नृत्य प्रतियोगिता सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन समारोहमा विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

सांगीतिक कार्यक्रमतर्फ चर्चित गायक राजेश पायल राईसहित जादगर शेर्पा, शेरबहादुर गुरुङ, कुसुम गुरुङ, दर्शन राई, राज बाहकोटी, पवित्रा गुरुङ, भोलामान गुरुङ, सोनियल साम्पाङ, सबिन संसर र जितेन्द्र राईलगायत कलाकारहरूको प्रस्तुति रहनेछ। महोत्सवको समापनका दिन राजेश पायल राईको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

मत्स्यपोखरी तथा चिचिला गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले फोटो प्रदर्शनीसमेत आयोजना गरिएको छ।

चिचिला गाउँपालिकाको आयोजना, कोशी प्रदेश सरकारको प्रायोजन तथा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको समन्वय र सहयोगमा सुरु भएको महोत्सवले मत्स्यपोखरी क्षेत्रको पर्यटकीय सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्व शेर्पाले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
18h ago
कृषि उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा जोड दिँदै मर्स्याङ्दी महोत्सव

कृषि उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा जोड दिँदै मर्स्याङ्दी महोत्सव

लमजुङ। मर्स्याङ्दी गाउँपालिकाले कृषि, पर्यटन, स्थानीय उत्पादन तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला–२०८३ आयोजना गर्ने भएको छ । आगामी पुस ८ देखि १२ ग...

#महोत्सव #पर्यटन #उत्पादन
Compare →
Nagarik News
5h ago
गण्डकी परिक्रमा महोत्सव आजदेखि

गण्डकी परिक्रमा महोत्सव आजदेखि

प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ।

#महोत्सव
Compare →
Onlinekhabar
2d ago
देवघाटधाम प्रचारका लागि आजदेखि गण्डकी परिक्रमा महोत्सव

देवघाटधाम प्रचारका लागि आजदेखि गण्डकी परिक्रमा महोत्सव

७ मंसिर, तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । त्यस क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई संवर्द्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले …

#महोत्सव
Compare →
Bizshala
2d ago
कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको...

#उत्पादन #जोड
Compare →

Related Stories

Business & Economy
Build #2612