Trending
Prev Story
Next Story

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

Nagarik News •
November 22, 2026 • 05:50 AM
2
2 reads 0 reactions

अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ।

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ।

कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै गएपछि बजारमा गिरावट आएको हो।

अमेरिकाको प्रमुख सेयर बजार सूचकाङ्क एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा ‘करेक्शन’ अर्थात् बजार सुधार भनिन्छ। यस्तो गिरावट एक शताब्दीभन्दा लामो समयदेखि समय–समयमा देखिँदै आएको छ।

बजार विश्लेषकहरूका अनुसार सेयरको मूल्य अत्यधिक बढेर वास्तविक आर्थिक अवस्थाभन्दा माथि पुगेको अवस्थामा हुने यस्तो गिरावटले बजारलाई सन्तुलित बनाउन सहयोग गर्न सक्छ।

लगानीकर्तामा अत्यधिक उत्साहका कारण सेयरको मूल्य अस्वाभाविक रूपमा बढेमा बजार सुधारले त्यसलाई यथार्थपरक स्तरमा ल्याउन भूमिका खेल्न सक्छ।

तर बजारमा आएको यस्तो गिरावटले तत्काल लगानीकर्तामा चिन्ता र अनिश्चितता बढाउने गरेको छ।

विशेषगरी बजार सुधारपछि थप ठूलो गिरावट आउने अर्थात् ‘बियर मार्केट’ सुरु हुने हो कि भन्ने आशङ्का लगानीकर्तामा रहने गर्छ।

वाल स्ट्रिटको परिभाषाअनुसार कुनै सेयर बजार सूचकाङ्क आफ्नो हालसम्मको उच्चतम बिन्दुबाट कम्तीमा २० प्रतिशतले घटेमा त्यसलाई ‘बियर मार्केट’ भनिन्छ।

यस्तो अवस्थालाई बजारमा गहिरो गिरावट वा मन्दीको सङ्केतका रूपमा लिइन्छ।

पछिल्लो गिरावटले एआई उद्योगको तीव्र विस्तार, यस क्षेत्रमा देखिएका चुनौती तथा प्रविधि कम्पनीहरूको भविष्यप्रति लगानीकर्ताको विश्वासबारे बहस बढाएको छ।

यद्यपि, १० प्रतिशतको गिरावट आफैँमा बजार मन्दी सुरु भएको प्रमाण भने होइन।

प्रकाशित: ६ मंसिर २०८३ ११:३५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
सेयरबजारमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘सरकारको नीतिले लगानीकर्तामा अन्योल बढायो’

सेयरबजारमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘सरकारको नीतिले लगानीकर्तामा अन्योल बढायो’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अकको गिरावट आएको छ । नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९...

#शेयर-बजार #गिरावट #बजारमा
Compare →
Arthasansar
1d ago
चाडपर्व पछिको पहिलो साता : सेयर बजारमा १ प्रतिशतको गिरावट, औषत कारोबार ४ अर्ब १६ करोड

चाडपर्व पछिको पहिलो साता : सेयर बजारमा १ प्रतिशतको गिरावट, औषत कारोबार ४ अर्ब १६ करोड

यस साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६४८.८९ विन्दुमा बन्द भएको नेप्से, यस साता...

#शेयर-बजार #बजारमा #गिरावट
Compare →
Ekantipur
2d ago
हकप्रद सेयर पनि लगानीकर्ता आफैंले बजारमा बेच्न पाउने सुविधा ल्याइँदै

हकप्रद सेयर पनि लगानीकर्ता आफैंले बजारमा बेच्न पाउने सुविधा ल्याइँदै

धितोपत्र बोर्डले ल्याउन लागेको नयाँ व्यवस्थापछि लगानीकर्ताले हकप्रदका रूपमा पाउने सेयर नेपाल स्टक एक्सचेन्जमार्फत आफैंले बिक्री गर्न पाउने

#लगानीकर्ता #बजारमा
Compare →
Hamro Patro News
3h ago
अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरको पहुँच

काठमाडौं– अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए)मा यसै साता साइबर आक्रमण भएको छ । यस घटनाले खाद्य सुरक्षाको जिम्मेवारी वहन गर्ने उक्त सरकारी निकायमा सङ्ग्रहित संवेदनशील सूचना चोरी वा दुरुपयोग भएको हुन...

#अमेरिका #अमेरिकी
Compare →

Related Stories

Business & Economy
Build #2612