पछिल्लो समय सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । पछिल्लो एक हप्ताको अवधिमा मात्रै सुनको मूल्यमा २६ हजार भन्दा बढीको गिरावट आएको हो ।
गत कात्तिक २७ गते शुक्रबारको तुलनामा यो साताको शुक्रबार मंसिर ४ गतेसम्मको अवधिमा सुनको मूल्य २६ हजार ३०० रुपैयाँले सस्तो भएको हो । नेपाली बजारमा कात्तिक २७ गते २ लाख ७१ हजार ७०० रुपैयाँमा किनबेच भएको सुनको मूल्य मंसिरका ४ गते आइपुग्दा २६ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुससा, गत कात्तिक २९ गते आइतबार सुनको मूल्य १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, कात्तिक ३० गते सोमबार एक हजार १०० रुपैयाँले घट्यो । उक्त दिन सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, मंसिर १ गते मंगलबार पनि १ हजार ९०० रुपैयाँले सुनको मूल्य घटेर प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंसिर २ गते बुधबार एकैदिन ६ हजार ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंसिर ३ गते बिहीबार पनि ३ हजार ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । र, मंसिर ४ गते शुक्रबार भने एकैदिन सुनको मूल्य १२ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।अन्तराष्ट्रिय बजारमा सुन बिक्रीको चाप बढेको, डलर मजबुत बनेको र अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको चुनावी हारलगायतका कारणले पनि सुनको मूल्यमा असर परेको व्यवसायीहरुले बताउने गरेका छन् ।