काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्यमा पहिरो गएको छ। पछिल्ला केही दिनयता निरन्तर घट्दै गएको सुनको मूल्य आज एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । योसँगै सुनको मूल्य एक वर्ष अगाडिको अवस्थामा फर्किएको छ। गतवर्ष आजको दिन सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य २२५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । गतवर्ष आजको दिन चाँदीको मूल्य प्रतितोला ३ हजार १८५ रुपैयाँ कायम भएको थियो ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।