Trending
Prev Story
Next Story

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

Bizshala •
November 20, 2026 • 07:06 AM
4
4 reads 0 reactions

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन लागेसँगै आयोगले निर्वाचनको मिति निर्धारण र आवश्यक पूर्वतयारीका विषयमा छलफल सुरु गर्न लागेको हो।

आयोगले आज शुक्रबार राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको छ। बिहान ११ः३० बजे आयोगको कार्यालयमा हुने छलफलमा स्थानीय तथा प्रदेश तहको निर्वाचन तयारीका विभिन्न पक्षमा विचारविमर्श गरिनेछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको सम्भावित मिति, व्यवस्थापकीय तयारी तथा निर्वाचन सञ्चालनका लागि आवश्यक विषयमा दलहरूको सुझाव लिन छलफल आयोजना गरिएको हो।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छलफलमा सहभागी हुन आमन्त्रण गरिएको छ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल आगामी वैशाखमा समाप्त हुँदै छ। त्यसअघि नै नयाँ निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन आयोगले राजनीतिक परामर्शलाई प्राथमिकता दिएको हो।

निर्वाचनको समयतालिका, आवश्यक स्रोतसाधन, प्रशासनिक व्यवस्थापन तथा अन्य प्राविधिक तयारीका विषयमा समेत दलहरूको धारणा संकलन गर्ने आयोगको योजना छ।

आयोगले पहिलो चरणमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेपछि निर्वाचन आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि क्रमशः परामर्श गर्ने जनाएको छ।

यससँगै आगामी स्थानीय तहको निर्वाचनको मिति र तयारीबारे राजनीतिक तथा प्रशासनिक तहमा गतिविधि बढ्ने देखिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
स्थानीय निर्वाचनको तयारी : शीर्ष नेताहरूसँग आयोगको छलफल (तस्वीरहरू)

स्थानीय निर्वाचनको तयारी : शीर्ष नेताहरूसँग आयोगको छलफल (तस्वीरहरू)

४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी अगाडि बढाएको छ । यस अन्तर्गत राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरिरहेको छ । निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि …

#निर्वाचन #तहको #तयारी
Compare →
Nagarik News
6h ago
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।

#निर्वाचन #तयारी #दलहरू
Compare →
Hamro Patro News
1h ago
स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्नेबारे छलफलपछि निर्णय लिने रास्वपाको तयारी

स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्नेबारे छलफलपछि निर्णय लिने रास्वपाको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै भन्ने विषयमा छलफलपछि आधिकारिक धारणा तय गर्ने भएको छ। स्थानीय तहको निर्वाचन तयारीबारे छ...

#निर्वाचन #काठमाडौं #तयारी
Compare →
Ekantipur
6h ago
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

आयोगले निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको हो।

#निर्वाचन #तयारी
Compare →

Related Stories

Politics & Governance
Build #2612