Trending
Prev Story
Next Story

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

Nagarik News •
November 20, 2026 • 02:09 AM
6
6 reads 0 reactions

निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ। निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।

आयोगले आज नै विभिन्न राजनीतिक दलहरूसँग छलफल सुरु गर्ने भएको जनाएको छ। सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरूलाई आज आयोगले छलफलका लागि आमन्त्रण  गरेको छ।

आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरूलाई छलफलमा बोलाइएको जानकारी दिए।

प्रवक्ता भट्टराईले भने, 'स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरूलाई आयोगमा आमन्त्रण गरिएको हो।'

राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उनले बताए। स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ। त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो।

निर्वाचनको मिति तथा व्यवस्थापन, आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझावका लागि सो छलफल गर्न लागिएको आयोगले जनाएको छ। आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अरु राजनीतिक दलहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित: ४ मंसिर २०८३ ०७:५४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1h ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#निर्वाचन #दलहरू #तयारी
Compare →
Ekantipur
6h ago
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

आयोगले निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको हो।

#निर्वाचन #तयारी #आयोगले
Compare →
Onlinekhabar
1h ago
स्थानीय निर्वाचनको तयारी : शीर्ष नेताहरूसँग आयोगको छलफल (तस्वीरहरू)

स्थानीय निर्वाचनको तयारी : शीर्ष नेताहरूसँग आयोगको छलफल (तस्वीरहरू)

४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी अगाडि बढाएको छ । यस अन्तर्गत राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरिरहेको छ । निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि …

#निर्वाचन #तयारी
Compare →
Hamro Patro News
1d ago
मिति नतोकिँदै लमजुङमा आगामी निर्वाचनको तयारी सुरु

मिति नतोकिँदै लमजुङमा आगामी निर्वाचनको तयारी सुरु

मिति नतोकिँदै लमजुङमा आगामी निर्वाचनको तयारी सुरु जिल्ला समितिले वडा समितिहरूलाई मंसिर २५ गतेभित्र मतदान स्थल र केन्द्रसम्बन्धी सिफारिस पठाउन पत्राचार गर्ने निर्णय गरेको छ। मंसिर ३, २०८३ आश गुरु...

#निर्वाचन #तयारी
Compare →

Related Stories

Politics & Governance
Build #2612