काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २८ गते सोमबार साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ११.०५२६ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशको कुल रकम १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ रहेको छ।
लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।