Trending
Prev Story
Next Story

सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक, आज कति पुग्यो ?

Bizshala •
November 19, 2026 • 08:04 AM
2
2 reads 0 reactions

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक पुगेको छ । पछिल्ला केही दिनयता लगातार मूल्य...

सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक पुगेको छ । पछिल्ला केही दिनयता लगातार मूल्य घट्दै गएपछि सुनको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक पुग्न लागेको हो ।

केही दिनयता निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज थप ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष आजकै दिन सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँ कायम  भएको थियो । एक वर्ष अगाडिको तुलनामा आज सुनको मूल्य प्रतितोला १५ हजार ३०० रुपैयाँ बढी हो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष आजकै दिन चाँदीको मूल्य प्रतितोला ३ हजार १५० रुपैयाँ कायम भएको थियो । एक वर्ष अगाडिको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँ बढी हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको निरन्तर गिरावटले नेपाली बजारमा पनि असर परेको हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिनाहरूमा ब्याजदर थप बढाउने अपेक्षासँगै डलर मजबुत बनेपछि सुनको मूल्यमा निरन्तर गिरावट आएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

सोमबार प्रतितोला तीन हजार ५२० रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँले घटेर तीन हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

#सुन #चाँदी #कति
Compare →
Ekantipur
1d ago
२ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २६०,९००, चाँदी रु ३,३८०

२ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २६०,९००, चाँदी रु ३,३८०

सुनको भाउ तोलामा रु २६०,९०० र चाँदीको भाउ रु ३,३८० — आजको भाउ सार्वजनिक।

#सुन #चाँदी
Compare →
Hamro Patro News
1d ago
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर...

#सुन #चाँदी
Compare →
Arthasansar
3h ago
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, तोलाको कति पुग्यो ?

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भएको...

#सुन #चाँदी #कति
Compare →
Onlinekhabar
2h ago
आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य तोलामा ३ हजार ३०० सय रुपैयाँले घटेको हो । हिजो बुधबार पनि सुन …

#सुन #चाँदी
Compare →

Related Stories

Business & Economy
Build #2612