नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले सस्तो भएको हो । आज सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ६० हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर तोलाको ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ३८० रुपैयाँ रहेको थियो ।