काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अकको गिरावट आएको छ । नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५२ कम्पनीको १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बैंकिङ समूह र म्युचुअल फण्ड समूह बाहेक सबै समूह राताम्य भएका छन् । बैंकिङ समूह ०.४० प्रतिशत र म्युचुअल फण्ड समूह ०.४१ प्रतिशतले बढेको छ।
सर्वाधिक घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूह १.३९ प्रतिशतले घटेको छ ।
त्यस्तै, विकास बैंक समूह ०.२३ प्रतिशत, फाइनान्स समूह ०.५९ प्रतिशत, हाइड्रो समूह ०.२९ प्रतिशत, लगानी समूह ०.२३ प्रतिशत, जीवन बीमा समूह ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.८१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२३ प्रतिशत, निर्जीवन बीमा समूह ०.२७ प्रतिशत, व्यापार समूह ०.५२ प्रतिशत र अन्य समूह ०.७८ प्रतिशतले घटेको छ ।
बजार जानकार तथा सेयर विश्लेषक दामोदर गजुरेलले पछिल्लो समय सरकारको नीति तथा कार्यक्रमप्रति आम लगानीकर्ताले विश्वास बढ्न नसक्दा बजारले लय लिन नसकेको बताए ।
‘लाभांश वितरण गर्ने बेलामा स्क्रिप्टहरुको मूल्य बढोत्तरी र मार्केट पनि २०–२२ अंकले बढेको थियो । पछिल्लो समय सरकारको आफ्नै कार्यक्रमले गर्दा लगानीकर्ता आफैं अन्योलमा छन्, जसकारण बजारमा ठूलो स्विङ देखिएको छैन’ उनले भने, ‘बजारको यो अवस्थालाई करेक्सन नै मान्न सकिन्छ । बजार २७५० सम्म पुग्न सक्ला नत्र नेगेटिभ वेभमा चल्न सक्छ ।’
सरकारको पोलिसीहरु व्यापारी तर्साउने खालको भएकाले सेयर लगानीकर्ताहरुले अझैपनि सरकारलाई विश्वास गर्न नसकेको उनको भनाई छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा दोल्ती पावर कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ ५.१४ प्रतिशत बढेर ३२७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, भूगोल इनर्जीको ४.२६ प्रतिशत, मनकामना इन्जिनियरिङको ३.४३ प्रतिशत, सिटिजन्स बैंक डिबेञ्चरको ३ प्रतिशत, एनएमबि डिबेञ्चरको २.९८ प्रतिशत, केबिएल डिबेञ्चरको २.९८ प्रतिशत, ग्लोबल आइएमई समुन्नत योजना–२ को २.९२ प्रतिशत, एचएलआई लार्ज क्याप फण्डको २.८९ प्रतिशत, एनआईसी एशिया सेलेक्ट ३० को २.८४ प्रतिशत र एभरेष्ट कलर लिमिटेडको २.८३ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने स्टकमा मुक्तिनाथ म्युचुअल फण्ड–२ रहेको छ । यो फण्डको इकाईमूल्इ ८.५० प्रतिशतले घटेको छ ।
त्यस्तै, पाल्पा सिमेन्टको ६.५५ प्रतिशत, स्वष्तिक लघुवित्तको ५.०४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.८१ प्रतिशत, त्रिशुली जलविद्युत कम्पनीको ३.२४ प्रतिशत, सोनापुर मिनरल्स आयलको ३.१९ प्रतिशत, बेनी हाइड्रोको ३.१५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ३.०२ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३ प्रतिशत र मेगा म्युचुअल फण्ड–१ को २.९० प्रतिशतले घटेको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।