Trending
Prev Story
Next Story

विदेश र अर्को जिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने तयारी, आयोगले थाल्यो कानुनी प्रक्रिया

Bizshala •
November 20, 2026 • 11:05 AM
2
2 reads 0 reactions

काठमाण्डौ । निर्वाचन आयोगले स्थायी ठेगानाभन्दा बाहिर बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत मतदानमा सहभागी गराउने...

विदेश र अर्को जिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने तयारी, आयोगले थाल्यो कानुनी प्रक्रिया

काठमाण्डौ । निर्वाचन आयोगले स्थायी ठेगानाभन्दा बाहिर बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत मतदानमा सहभागी गराउने व्यवस्था अघि बढाउन थालेको छ। विदेशमा रहेका तथा रोजगारी, अध्ययन र अन्य कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसिरहेका मतदातालाई मतदानको अवसर उपलब्ध गराउने उद्देश्यले आयोगले कानुनी तथा नीतिगत तयारी सुरु गरेको हो।

शुक्रबार स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलमा आयोगले बाह्य मतदानसम्बन्धी अवधारणा प्रस्तुत गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थायी ठेगानाबाट टाढा रहेका मतदातालाई समेत निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा प्रारम्भिक छलफल भएको हो।

आयोगले यससम्बन्धी कानुनको मस्यौदामा प्रस्ताव गरिएका व्यवस्थाबारे राजनीतिक दलहरूलाई जानकारी गराएको छ। छलफलमा सहभागी दलहरूले बाह्य मतदानको अवधारणाप्रति समग्रमा सकारात्मक प्रतिक्रिया दिएको आयोगले जनाएको छ।

यद्यपि, यस्तो व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुन संसद्बाट पारित हुनुपर्ने भएकाले तत्कालै विदेश वा अर्को जिल्लाबाट मतदान गर्न पाइने निश्चित भइसकेको छैन।

प्रवक्ता भट्टराईले प्रस्तावित कानुनी व्यवस्थाको अन्तिम स्वरूप संसद्ले निर्धारण गर्ने स्पष्ट पारेका छन्।

आयोगका अनुसार गत निर्वाचनमा करिब ६० प्रतिशत मतदाताले मात्रै मतदान गरेका थिए। बाँकी करिब ४० प्रतिशत मतदाता मतदान प्रक्रियामा सहभागी हुन सकेका थिएनन्।

मतदानमा सहभागिता न्यून हुनुका विभिन्न कारणमध्ये स्थायी ठेगानाभन्दा टाढा बसोबास गर्नु पनि एउटा कारण हुन सक्ने भएकाले आयोगले बाह्य मतदानको व्यवस्था अघि बढाउन खोजेको हो।

यो व्यवस्था कार्यान्वयनमा आए रोजगारी, अध्ययन वा अन्य प्रयोजनका लागि विदेशमा रहेका नेपाली तथा देशभित्रै अर्को जिल्लामा बसिरहेका मतदातालाई मतदानमा सहभागी हुने नयाँ अवसर खुल्न सक्नेछ।

आयोगले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने तथा निर्वाचन व्यवस्थापनमा थप सुधार गर्ने विषयमा समेत राजनीतिक दलहरूसँग छलफल गरेको छ।

बाह्य मतदानको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी आधार, मतदाता पहिचान, मतदानको विधि र व्यवस्थापकीय पक्ष भने अझै टुंगिन बाँकी छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न प्रचण्डको माग

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न प्रचण्डको माग

४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्डले यो विषय राखेका …

#निर्वाचन #रहे #विदेश
Compare →
Nagarik News
9h ago
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।

#निर्वाचन #तयारी #आयोगले
Compare →
Ekantipur
9h ago
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

आयोगले निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको हो।

#निर्वाचन #तयारी #आयोगले
Compare →
Hamro Patro News
4h ago
निर्वाचन आयोगको छलफलमा ओलीको असन्तुष्टि, शीर्ष नेता बराबरको प्रतिनिधि भएको भन्दै बाहिरिए

निर्वाचन आयोगको छलफलमा ओलीको असन्तुष्टि, शीर्ष नेता बराबरको प्रतिनिधि भएको भन्दै बाहिरिए

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बैठकबाट बाहिरिएका छन् । छलफलमा सहभागी हुन आयोग पुगेका ओली शीर...

#निर्वाचन #सहभागी
Compare →

Related Stories

National (Nepal)
Build #2612