काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बैठकबाट बाहिरिएका छन् । छलफलमा सहभागी हुन आयोग पुगेका ओली शीर्ष नेता बराबरको हैसियतमा सहभागी हुने व्यक्ति बैठकमा भएको भन्दै बाहिरिएका हुन् ।
एमालेबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल छलफलमा सहभागी भएपछि ओली असन्तुष्ट बनेका हुन् । अन्य दलका शीर्ष नेताहरू सहभागी भएको छलफलमा एमालेबाट पनि सोही तहको नेतृत्व हुनुपर्ने उनको अपेक्षा देखिएको छ ।
Read full story at source ( kalakarmi.com )