४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाच्न आयोग पुगेर छलफलमा नबसी निस्किएका छन् ।
निर्वाचन आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको छ । छलफलमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।
निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ।
रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू छलफलमा बसिरहेका छन् ।
शिर्ष नेताहरू छलफलमा बस्दा तपाईं किन बस्नु भएन भन्ने प्रश्नमा ओलीले जवाफ दिए, ‘हाम्रो पनि त्यही लेभलको नेता हुनुहुन्छ ।’
छलफलमा एमाले पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल सहभागी छन् ।