Trending
Prev Story
Next Story

नेप्सेमा तिहार पछि लगातार गिरावट, परिसूचक ११ अंकले घट्दा ४ अर्ब माथिको कारोबार

Arthasansar •
November 18, 2026 • 09:37 AM
2
2 reads 0 reactions

पछिल्लो समय सेयर बजार लगातार रुपमा घटिरहेको छ । तिहार अघिको अन्तिम कारोबार दिन बढेको बजार तिहार पछिका तीन कारोबार...

नेप्सेमा तिहार पछि लगातार गिरावट, परिसूचक ११ अंकले घट्दा ४ अर्ब माथिको कारोबार

पछिल्लो समय सेयर बजार लगातार रुपमा घटिरहेको छ । तिहार अघिको अन्तिम कारोबार दिन बढेको बजार तिहार पछिका तीन कारोबार दिन लगातार रुपमा घटेर कारोबार भएको हो ।

अघिल्लो दिन पनि दोहारो अंकले घटेको बजार आज पनि ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १९९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको सेयर मूल्य बढेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि आज १.०६ अंकले घटेर ४७६.१५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४७ कम्पनीका १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर ४१ हजार ६२७ पटक खरिद बिक्री हुँदा ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
23h ago
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट आएको छ।

#शेयर-बजार #अंक #नेप्से
Compare →
Bizshala
22h ago
दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा कायम भएको छ...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Onlinekhabar
1d ago
घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार

घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार

१ मंसिर, काठमाडौं । छठपछि खुलेको सेयर बजार दोहोरो अंकले झरेको छ । १२.७९ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६३६ अंकमा कायम भएको छ । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको …

#शेयर-बजार #अंक #बढे
Compare →
Ekantipur
23h ago
सेयर बजार २६३६ अंकमा, ४ अर्बमाथि कारोबार

सेयर बजार २६३६ अंकमा, ४ अर्बमाथि कारोबार

आजको बजारमा ULHC र NIMBPO सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।

#शेयर-बजार #अंक
Compare →
Hamro Patro News
22h ago
तिहारपछि खुलेको सेयर बजारमा गिरावट

तिहारपछि खुलेको सेयर बजारमा गिरावट

तिहारपछिको दोस्रो दिन खुलेको सेयर बजारमा गिरावट आएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो । अघिल्लो कारोबार दिन शुक्रबार पनि घटेको बजारले मङ्गलबार समेत ओरालो यात्राल...

#शेयर-बजार #तिहार #गिरावट
Compare →

Related Stories

Business & Economy
Build #2612