Trending
Prev Story
Next Story

दिल्लीमा प्रम बालेनको २५ घण्टे दौडधुप, मोदीसँग के–के विषयमा हुँदैछ वार्ता ?

Bizshala •
November 20, 2026 • 11:05 AM
2
2 reads 0 reactions

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भएको छ। भारतीय...

दिल्लीमा प्रम बालेनको २५ घण्टे दौडधुप, मोदीसँग के–के विषयमा हुँदैछ वार्ता ?

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भएको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार प्रधानमन्त्री शाहले नयाँदिल्लीमा करिब २५ घण्टा बिताउनेछन्। यस अवधिमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री शाह आगामी आइतबार अर्थात् मंसिर ६ गते भारत प्रस्थान गर्नेछन्। उनी सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो सवा ३ बजे नयाँदिल्ली पुग्नेछन्। भारत पुगेकै दिन साँझ ६ बजे उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। उक्त भेटवार्ता नयाँदिल्लीस्थित होटल ताजमहलमा हुनेछ।

आइतबारका लागि अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय गरिएको छैन।

प्रधानमन्त्री शाहको भ्रमणको मुख्य कार्यक्रम सोमबार अर्थात् मंसिर ७ गते हुनेछ।

सोमबार बिहान १० बजे भारतीय राष्ट्रपति कार्यालयमा उनको औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

सोही दिन प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ।

दुई प्रधानमन्त्रीबीचको वार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, लगानी, ऊर्जा सहकार्य तथा कनेक्टिभिटी विस्तारलगायत विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

वार्तापछि मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच विभिन्न सहमति तथा सम्झौता आदानप्रदान गर्ने र दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

यसैगरी, सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति निवासमा भेटवार्ता गर्नेछन्।

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री शाह दिउँसो ४ बजेर ५० मिनेटमा नयाँदिल्लीबाट नेपाल फर्कने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी हुनेछ। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्च सरकारी अधिकारी रहनेछन्।

त्यस्तै, निजी क्षेत्रबाट ५२ जना उद्योगी व्यवसायीसमेत भारत जानेछन्। भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम आयोजना गर्ने कार्यक्रम रहेको छ। उक्त फोरममा दुई देशबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे छलफल हुनेछ।

प्रधानमन्त्री शाहको छोटो भारत भ्रमणमा उच्चस्तरीय राजनीतिक भेटवार्तासँगै आर्थिक कूटनीतिलाई पनि महत्त्व दिइएको छ।

विशेषगरी ऊर्जा व्यापार, सीमापार पूर्वाधार, लगानी प्रवर्द्धन तथा दुई देशबीचको व्यापारिक सहजीकरणका विषयमा हुने छलफललाई चासोका साथ हेरिएको छ।

यद्यपि, भ्रमणका क्रममा कुन-कुन विषयमा अन्तिम सम्झौता हुनेछ भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4h ago
सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री बालेनले भेटवार्ता गर्ने

सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री बालेनले भेटवार्ता गर्ने

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आगामी सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जान लागेका प्रधानमन्त्री शाहले भ्र...

#बालेन-शाह #भारतीय #बालेन
Compare →
Onlinekhabar
4h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमण : निजी क्षेत्रले थमाएका ‘बटमलाइन’ एजेन्डा के छन् ?

प्रधानमन्त्री बालेनको भारत भ्रमण : निजी क्षेत्रले थमाएका ‘बटमलाइन’ एजेन्डा के छन् ?

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणका लागि नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका तर्फबाट विस्तृत सुझाव प्रस्तुत गरेको छ । महासंघले प्रधानमन्त्रीको आसन्न भ्रमण नेपाल–भारत आर्थिक सम्बन्ध एकतर्फी निर्भरताबाट पारस्परिक अन्तरनिर्भरतातर्फ …

#बालेन-शाह #आसन्न #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612