Trending
Prev Story
Next Story

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

Nagarik News •
November 20, 2026 • 03:54 AM
5
5 reads 0 reactions

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।

मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल तथा अन्दुपट्टी–कटरैत पुललगायत क्षेत्रको निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा उनले सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको निर्माण अवस्था र प्रगतिबारे जानकारी लिँदै लामो समयदेखि अधुरा रहेका र निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए।

उनले विकास आयोजना कागजमा मात्र सीमित नभई नागरिकले प्रत्यक्ष लाभ पाउने गरी कार्यान्वयन हुनुपर्ने बताए। निर्माणको गुणस्तर र समयसीमामा सम्झौता नगर्न पनि उनले आग्रह गरे।

मन्त्री लम्सालले जनकपुरधामको विकास, सौन्दर्यीकरण तथा धार्मिक पर्यटन प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनले मणिमण्डपको अवलोकन गर्दै त्यसलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए।

त्यसैगरी, रामजानकी स्टेडियमको निरीक्षण गर्दै खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतिमा ध्यान दिने बताए।

मधेस प्रदेशको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सडक, पुल, भवन तथा खानेपानीलगायत पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गरिएको बताए। अधुरा आयोजना सम्पन्न गर्ने र नयाँ योजना आवश्यकताका आधारमा अघि बढाउने सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो।

प्रकाशित: ४ मंसिर २०८३ ०९:३९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
3h ago
चैत-वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिन्छ : मन्त्री लम्साल

चैत-वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिन्छ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको भन्दै सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताए ।

#विकास #लम्साल
Compare →
Onlinekhabar
2d ago
नेपालको पूर्वाधार विकासमा दीर्घकालीन साझेदारी गर्न दक्षिण कोरिया तयार

नेपालको पूर्वाधार विकासमा दीर्घकालीन साझेदारी गर्न दक्षिण कोरिया तयार

२ मंसिर, काठमाडौं ।  दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ ।  बुधबार काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको 'ब्रेक थ्रु' कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत जे …

#विकास #पूर्वाधार
Compare →
Bizshala
2d ago
पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना...

#विकास #पूर्वाधार
Compare →
Hamro Patro News
2d ago
मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग

मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग

काठमाडौं । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरेको छ । मुक्कुमलुङ ...

#आयोजना
Compare →
Arthasansar
2d ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि...

#विकास
Compare →

Related Stories

Politics & Governance
Build #2612