Trending
Prev Story
Next Story

कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

Nagarik News •
November 20, 2026 • 03:48 AM
3
3 reads 0 reactions

दक्षिण कोरियामा नाबालिग सन्तान हुर्काइरहेका विवाहित महिलाको रोजगारी दर सन् २०२६ को पहिलो छ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

दक्षिण कोरियामा नाबालिग सन्तान हुर्काइरहेका विवाहित महिलाको रोजगारी दर सन् २०२६ को पहिलो छ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सरकारी तथ्यांकअनुसार उक्त अवधिमा कामकाजी आमाको रोजगारी दर बढेर ६६.२ प्रतिशत पुगेको हो।

दक्षिण कोरियाको तथ्यांक तथा तथ्याङ्क मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १८ वर्षमुनिका सन्तानसँग बसोबास गर्ने १५ देखि ५४ वर्ष उमेर समूहका विवाहित महिलाको रोजगारी दर गत वर्षको सोही अवधिको तुलनामा १.९ प्रतिशत विन्दुले बढेको छ।

सन् २०१६ देखि यससम्बन्धी तथ्यांक संकलन गर्न थालिएयता यो सबैभन्दा उच्च रोजगारी दर हो।

यस अवधिमा १५ देखि ५४ वर्ष उमेर समूहका सबै विवाहित महिलाको समग्र रोजगारी दर भने एक प्रतिशत विन्दुले बढेर ६८.३ प्रतिशत पुगेको छ। यसले सन्तान हुर्काइरहेका महिलाको रोजगारीमा पनि उल्लेखनीय सुधार आएको देखाएको छ।

सरकारले काम र पारिवारिक जीवनबीच सन्तुलन कायम गर्न लागू गरेका विभिन्न नीतिका कारण कामकाजी आमाको रोजगारी दर बढेको मन्त्रालयले जनाएको छ। विशेषगरी बालबालिकाको हेरचाह गर्नुपर्ने अवधिमा काम गर्ने समय घटाउन पाउने व्यवस्थालगायतका नीतिले महिलालाई रोजगारी निरन्तरता दिन सहयोग पुर्‍याएको बताइएको छ।

तथ्यांकअनुसार दुई सन्तान भएका आमाको रोजगारी दरमा सबैभन्दा उल्लेखनीय वृद्धि देखिएको छ। उनीहरूको रोजगारी दर २.२ प्रतिशत विन्दुले बढेर ६६.८ प्रतिशत पुगेको छ। यो एक सन्तान भएका आमाको रोजगारी दर ६६.१ प्रतिशतभन्दा बढी हो। दुई सन्तान भएका आमाको रोजगारी दर पहिलोपटक एक सन्तान भएका आमाको भन्दा माथि पुगेको हो।

त्यस्तै, तीन वा सोभन्दा बढी सन्तान भएका आमाको रोजगारी दर ६२.५ प्रतिशत रहेको छ।

बहुसन्तान भएका परिवारलाई प्रदान गरिने सरकारी सुविधा तथा नीतिमा गरिएको परिवर्तनले पनि दुई सन्तान भएका आमाको रोजगारी वृद्धिमा योगदान पुर्‍याएको बताइएको छ। सरकारले बहुसन्तान भएका परिवारको आधिकारिक मापदण्ड तीन सन्तानबाट घटाएर दुई सन्तानमा झारेपछि यस्तो परिवर्तन देखिएको हो।

रोजगारी दर बढेसँगै दक्षिण कोरियामा सन्तान जन्माएपछि वा हुर्काउने क्रममा रोजगारी छाड्न बाध्य हुने महिलाको अनुपात पनि घटेको छ।

१८ वर्षमुनिका सन्तानसँग बसोबास गर्ने १५ देखि ५४ वर्ष उमेर समूहका विवाहित महिलामध्ये करिअरमा अवरोध भोगेका महिलाको अनुपात पहिलो छ महिनामा दुई प्रतिशत विन्दुले घटेर १९.३ प्रतिशतमा झरेको छ।

सन् २०१४ देखि यससम्बन्धी तथ्यांक संकलन गर्न थालिएयता पहिलोपटक यस्तो अनुपात २० प्रतिशतभन्दा तल झरेको हो।

रोजगारीमा महिलाको सहभागिता बढ्नु र करिअरमा अवरोध भोग्ने महिलाको संख्या घट्नुले दक्षिण कोरियामा कामकाजी आमाका लागि रोजगारीमै रहन सहज वातावरण बन्दै गएको संकेत गरेको छ। सरकारले काम र परिवारबीच सन्तुलन कायम गर्ने नीतिलाई प्राथमिकता दिँदै आएको छ। रासस

प्रकाशित: ४ मंसिर २०८३ ०९:३३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

दक्षिण कोरियामा लगातार चौथो महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि कायम रहेको छ। तर समग्र रोजगारीमा सुधार देखिए पनि युवाले भने काम पाउने अवसर गुमाउँदै गएका छन्। सरकारी तथ्यांकअनुसार युवाको रोजग...

#रोजगारी #कोरिया
Compare →
Ekantipur
2h ago
कोरिया र नेपालका फिल्मकर्मीको सहकार्यमा फिल्म‘ग्रान्ड एभरेस्ट आश्रम’बन्दै

कोरिया र नेपालका फिल्मकर्मीको सहकार्यमा फिल्म‘ग्रान्ड एभरेस्ट आश्रम’बन्दै

बोइम ह्वाङको निर्देशनमा बन्ने रोमान्टिक कमेडी तथा सुपरनेचुरल फिल्ममा अरुण क्षेत्री मुख्य भूमिकामा रहनेछन् र छायाङ्कन माघबाट सुरु हुनेछ।

#कोरिया
Compare →
Onlinekhabar
19h ago
१ वर्षमा बैंकहरूको आधार दर १ प्रतिशत बिन्दुले घट्यो

१ वर्षमा बैंकहरूको आधार दर १ प्रतिशत बिन्दुले घट्यो

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर १ प्रतिशत बिन्दुले घटेको छ । अधिक तरलता र न्यून कर्जाको मागका कारण आधार दर घटेको हो । नेपाल राष्ट्र बैंकका …

#बिन्दु
Compare →
Bizshala
1d ago
वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

काठमाण्डौ । वैदेशिक रोजगारीको नाममा विदेश पुगेका करिब एक लाख ५० हजार नेपाली महिला विभिन्न प्रकारका हिंसा तथा शोषणमा...

#रोजगारी
Compare →

Related Stories

World News
Build #2612