Trending
Prev Story
Next Story

कोरिया र नेपालका फिल्मकर्मीको सहकार्यमा फिल्म‘ग्रान्ड एभरेस्ट आश्रम’बन्दै

Ekantipur •
November 20, 2026 • 06:03 AM
4
4 reads 0 reactions

बोइम ह्वाङको निर्देशनमा बन्ने रोमान्टिक कमेडी तथा सुपरनेचुरल फिल्ममा अरुण क्षेत्री मुख्य भूमिकामा रहनेछन् र छायाङ्कन माघबाट सुरु हुनेछ।

कोरिया र नेपालका फिल्मकर्मीको सहकार्यमा फिल्म‘ग्रान्ड एभरेस्ट आश्रम’बन्दै

बोइम ह्वाङको निर्देशनमा बन्ने रोमान्टिक कमेडी तथा सुपरनेचुरल फिल्ममा अरुण क्षेत्री मुख्य भूमिकामा रहनेछन् र छायाङ्कन माघबाट सुरु हुनेछ।

काठमाडौँ — नेपाल र दक्षिण कोरियाका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’निर्माण हुने भएको छ । फिल्मलाई दक्षिण कोरियाका निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङले निर्देशन गर्दैछिन् ।

बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा र काठमाडौँ फिल्म्सका संस्थापक तथा नेपाली सह निर्माता चन्दन झा पनि जोडिएका छन् ।

‘ग्रान्ड एभरेस्ट आश्रम’मा रोमान्टिक कमेडी तथा सुपरनेचुरल कथा समेटिने निर्माण पक्षले जनाएको छ । फिल्मको कथा पूर्व कोरियाली के-पप स्टार र एक युवा नेपाली गुरु तथा होटेल सञ्चालकबीचको प्रेम सम्बन्धमा आधारित छ।

फिल्ममा नेपाली अभिनेता अरुण क्षेत्री मुख्य भूमिकामा हुनेछन् । अरुण पछिल्लो समय फिल्म ‘गौँथली’को मुख्य भूमिकामा थिए । ‘महापुरुष’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका अरुण पछिल्लो समय चलचित्रहरूमा सक्रिय छन् ।

अरुणको अपोजिटमा हुने दक्षिण कोरियाली अभिनेत्रीको भने नाम निर्माण पक्षले अहिले खुलाएको छैन । फिल्मकी निर्देशक ह्वाङका अनुसार अभिनेत्रीको नाम पनि छिट्टै सार्वजनिक हुनेछ ।

फिल्मको निर्माण तथा सिर्जनात्मक समूहमा निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ, सह निर्माता चन्दन झा, छायाङ्कन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल, क्रिएटिभ डाइरेक्टर, कास्टिङ डाइरेक्टर, भाषा तथा अभिनय प्रशिक्षक एवं क्यारेक्टर डाइरेक्टर उत्पल झा रहेका छन् ।

फिल्मकी लेखक तथा निर्देशक  ह्वाङले नेपालप्रतिको आफ्नो आत्मीयताबारे भनिन्, ‘विगतका वर्षहरूमा पटक–पटक नेपाल भ्रमण गर्ने क्रममा यस देश र यहाँका मानिसहरूप्रति मेरो गहिरो आत्मीयता बढेको छ ।

नेपालमा रहेको आकर्षण, अनौठोपन र आध्यात्मिक वातावरणलाई आफ्नै सिनेम्याटिक दृष्टिकोणमार्फत पर्दामा उतार्न चाहेकी हुँ ।’

फिल्मको छायाँकन माघबाट गरिने निर्माण टिमले जनाएको छ ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
27m ago
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुम्बई । बलिउड अभिनेता सलमान खानको लामो समयदेखि रोकिएको फिल्म ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ ले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) बाट प्रदर्शनको स्वीकृति पाएको छ । सीबीएफसीको मुम्बई ...

#फिल्म
Compare →
Onlinekhabar
1h ago
प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा

प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ । नेपालका लागि …

#सहकार्य
Compare →
Nagarik News
4h ago
कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

कोरियामा विवाहित महिलाको रोजगारी दर हालसम्मकै उच्च बिन्दुमा

दक्षिण कोरियामा नाबालिग सन्तान हुर्काइरहेका विवाहित महिलाको रोजगारी दर सन् २०२६ को पहिलो छ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

#कोरिया
Compare →
Bizshala
1d ago
ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि...

#सहकार्य
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612