Trending
Prev Story
Next Story

राष्ट्र बैंकको आग्रह : साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्नु

Nagarik News •
November 20, 2026 • 03:58 AM
5
5 reads 0 reactions

नेपाल राष्ट्र बैंकले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकको आग्रह : साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्नु

नेपाल राष्ट्र बैंकले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी उजुरीको सम्बोधनका लागि प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा २४सै घण्टा सञ्चालन हुने गरी विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको जनाएको छ।

उक्त केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा ‘डिजिटल’ भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी गराउन तथा उजुरी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले यस्ता ठगीमा परेमा तत्काल उक्त नम्बरमा सम्पर्क गरी जानकारी गराउन र उक्त केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

त्यसैगरी, ठगीमा परेमा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रकाशित: ४ मंसिर २०८३ ०९:४३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2h ago
साइबर स्क्याम भए १२४७ मा सम्पर्क गर्न राष्ट्र बैंकको अनुरोध

साइबर स्क्याम भए १२४७ मा सम्पर्क गर्न राष्ट्र बैंकको अनुरोध

यो साइबर ठगी सम्बन्धी उजुरी र शंकास्पद कारोबारको सूचना दिन चौबीसै घण्टा सञ्चालन हुने नम्बर हो ।

#साइबर #उजुरी #राष्ट्र-बैंक
Compare →
Bizshala
18h ago
अनलाइन ठगीमा परे १२४७ मा फोन गर्न राष्ट्र बैंकको आग्रह

अनलाइन ठगीमा परे १२४७ मा फोन गर्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अनलाइन ठगी वा अनधिकृत डिजिटल कारोबारमा परे तत्काल १२४७ मा फोन गर्न आग्रह गरेको छ। नेपाल...

#डिजिटल #१२४७ #राष्ट्र-बैंक
Compare →
Hamro Patro News
6d ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्। चलचित्र प्रदर्शनको दुई दिन नबित्दै यसमा समावेश दृश्यहरू हल भित्रबाट रेकर्ड ...

#साइबर #उजुरी
Compare →
Onlinekhabar
1d ago
बैंकहरूमा निक्षेप बढ्दा राष्ट्र बैंकको खर्च थपियो पौने २३ अर्ब

बैंकहरूमा निक्षेप बढ्दा राष्ट्र बैंकको खर्च थपियो पौने २३ अर्ब

२ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग सुस्त हुने र निक्षेप निरन्तर थपिँदा राष्ट्र बैंकको खर्च २३ अर्ब थपिएको छ । वित्तीय प्रणालीको अधिक तरलता खिच्दा ब्याज दिनु परेकाले केन्द्रीय बैंकको खर्च बढेको हो …

#वित्तीय #राष्ट्र-बैंक
Compare →
Arthasansar
3d ago
निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था : खुद नाफा १ अर्ब बढीले ऋणात्मक, कुन कम्पनीको नाफा घाटा कति ?

निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था : खुद नाफा १ अर्ब बढीले ऋणात्मक, कुन कम्पनीको नाफा घाटा कति ?

चालु आर्थिक वर्षको  पहिलो त्रैमासिकसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था निकै कमजोर बन्न पुगेको छ । कम्पनीहरुले सार्वजनिक गरेको...

#वित्तीय
Compare →

Related Stories

Business & Economy
Build #2612