Trending
Prev Story
Next Story

बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, २८ दिनका लागि निक्षेप संकलन गर्ने

Bizshala •
November 20, 2026 • 07:05 AM
3
3 reads 0 reactions

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ खिच्ने भएको...

बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, २८ दिनका लागि निक्षेप संकलन गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ खिच्ने भएको छ।

केन्द्रीय बैंकले शुक्रबार २०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २८ दिन अवधिको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान गरेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल पेश गर्न सक्नेछन्।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ। संकलित रकमको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यस उपकरणमा न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडले भाग जाने रकममा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरमा मागभन्दा बढी बोल परेको अवस्थामा समानुपातिक आधारमा रकम बाँडफाँट गरिनेछ।

उक्त बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

स्वीकृत बोलकबोलअनुसारको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै निक्षेप खातामा जम्मा गरिनेछ।

यसरी संकलित निक्षेपलाई सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन। तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा अन्य सम्बन्धित तरलता अनुपातमा गणना गर्न सकिनेछ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि त्यसअनुसार कर्जा विस्तार हुन नसक्दा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारको अतिरिक्त पैसा अस्थायी रूपमा खिच्ने नीति अवलम्बन गर्दै आएको छ।

यसले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्नुका साथै अल्पकालीन ब्याजदरलाई व्यवस्थित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3d ago
बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले आज मंगलबार २ खर्ब निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र...

#निक्षेप #संकलन #खर्ब
Compare →
Onlinekhabar
3d ago
२ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

२ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ३ महिना अवधिको लागि सो रकम खिच्न लागेको …

#प्रणाली #खर्ब #खिच्दै
Compare →
Nagarik News
3d ago
बैंकमा किन थुप्रियो ८ खर्ब ?

बैंकमा किन थुप्रियो ८ खर्ब ?

बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह गर्न र अन्य वित्तीय कारोबार सञ्चालन गर्न आवश्यकताभन्दा बढी रकम उपलब्ध हुने अवस्थालाई अधिक तरलता भनिन्छ।

#निक्षेप #खर्ब
Compare →
Hamro Patro News
3d ago
तरलता थुप्रिएपछि बजारबाट राष्ट्र बैंकले आज २ खर्ब खिच्दै

तरलता थुप्रिएपछि बजारबाट राष्ट्र बैंकले आज २ खर्ब खिच्दै

काठमाडौँ / बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार ३ महिना अवधिका लागि निक्षेप स...

#खर्ब #खिच्दै
Compare →
Ekantipur
19h ago
तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै दुई खर्ब ६७ अर्ब

तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै दुई खर्ब ६७ अर्ब

तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या भने १.७५ प्रतिशतले बढेको छ ।

#खर्ब
Compare →

Related Stories

Business & Economy
Build #2612