Trending
Prev Story
Next Story

२८ दिनका लागि राष्ट्र बैंकले २०० अर्ब रुपैयाँ प्रशाेचन गर्दै

Arthasansar •
November 20, 2026 • 07:07 AM
3
3 reads 0 reactions

नेपाल राष्ट्र बैंकले २०० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन...

२८ दिनका लागि राष्ट्र बैंकले २०० अर्ब रुपैयाँ प्रशाेचन गर्दै

नेपाल राष्ट्र बैंकले २०० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी २८ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न २ः०० बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत मात्र बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप सङ्कलन गरिनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी पुस ३ गते हुनेछ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ देखि अधिकतम १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोलबाट कुल निष्काशित रकमभन्दा बढी रकमको माग भएमा प्रो रेटका आधारमा बाँडफाँट गरिनेछ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलकबोलमा निक्षेपकर्ताले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ । स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिइने र संकलित निक्षेपका लागि छुट्टै खाता खोली जम्मा गरिने केन्द्रीय बैंकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1h ago
बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, २८ दिनका लागि निक्षेप संकलन गर्ने

बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, २८ दिनका लागि निक्षेप संकलन गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ खिच्ने भएको...

#निक्षेप #संकलन #दिनका
Compare →
Hamro Patro News
3d ago
६ वटा बैंकले घटाए ब्याजदर

६ वटा बैंकले घटाए ब्याजदर

मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। १४ वटा बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर वृद्धि नगरेपछि वाणिज्य बैंकहरूको व्य...

#निक्षेप #बैंकले
Compare →
Nagarik News
1w ago
२०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ?

२०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ?

नोराका अनुसार कार्यक्रमको तयारी भइरहेका बेला लीना परिवारका सदस्य, भिडियोग्राफर र अन्य व्यक्तिसहित उनको कोठामा पुगेकी थिइन्।

#२००
Compare →
Ekantipur
1w ago
७ हजार २०० घरधुरीको न्यूनतम विद्युत् शुल्क शारदा नगरपालिकाले तिरिदिने

७ हजार २०० घरधुरीको न्यूनतम विद्युत् शुल्क शारदा नगरपालिकाले तिरिदिने

आगामी मंसिरदेखि लागू हुने योजनाबाट मासिक २० युनिटसम्म खपत गर्ने ५ एम्पियरका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुनेछन्।

#२००
Compare →
Onlinekhabar
2w ago
गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

२० कात्तिक, गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक …

#२००
Compare →

Related Stories

Business & Economy
Build #2612