काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अनलाइन ठगी वा अनधिकृत डिजिटल कारोबारमा परे तत्काल १२४७ मा फोन गर्न आग्रह गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोमा स्थापना गरिएको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको यो हटलाइनमा चौबीसै घण्टा उजुरी दिन सकिन्छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार फिसिङ, नक्कली लिंक वा डिजिटल भुक्तानीमार्फत ठगी भए यही नम्बरमा जानकारी वा उजुरी दिन सकिन्छ। उजुरी दिएपछि हटलाइनबाट प्राप्त निर्देशनअनुसार प्रक्रिया अघि बढाउन विभागले आग्रह गरेको छ।
ठगी भएको थाहा पाउनासाथ सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई पनि खबर गर्न राष्ट्र बैंकले भनेको छ। यसले बैंक खाता वा डिजिटल वालेट सुरक्षित गर्न सम्बन्धित संस्थालाई तत्काल पहल गर्न मद्दत गर्छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।