Trending
Prev Story
Next Story

मलेसिया जाने श्रमिकमाथिको ठगीमा जोडिएपछि पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

Ekantipur •
November 19, 2026 • 10:32 AM
2
2 reads 0 reactions

श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

मलेसिया जाने श्रमिकमाथिको ठगीमा जोडिएपछि पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

काठमाडौँ — मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा जोडिएपछि पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको छ । सीआईबीले अदालतबाट पक्राउ अनुमति लिए पनि अर्याल पक्राउ भने परेका छैनन्।

श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई बुधबार पक्राउ गरेको छ । सोही प्रकरणमा गरिएको अनुसन्धानले अर्यालको पनि संलग्नता पाइएपछि पक्राउ अदालतबाट बुधबार नै पुर्जी लिइएको सीआईबीका एक अधिकारीले बताए।

सीआईबीले बुधबार पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिवलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।

प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ । उक्त रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता र कानुनी प्रक्रिया मिचेर विदेशी मुद्रा अपचलन गराउने तथा संगठित समूहको लाभका लागि श्रमिक ठगी हुँदा पनि कानुनी उपचार नगरेको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
22m ago
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी

काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणको अनुसन्धान पूर्वमुख्यसचिव एकनारायण अर्यालसम्म...

#मलेसिया #ठगी #पूर्वमुख्यसचिव
Compare →
Onlinekhabar
55m ago
मलेसिया श्रमीक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पनि जोडिए, पक्राउ पुर्जी जारी

मलेसिया श्रमीक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पनि जोडिए, पक्राउ पुर्जी जारी

३ मंसिर, काठमाडौं । । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा पूर्वमुख्य सचिव अर्यालयको पनि कनेक्सन …

#मलेसिया #ठगी #पूर्वमुख्यसचिव
Compare →
Nagarik News
19h ago
१ अर्ब ६९ करोडको संगठित ठगी आरोपमा दुई पूर्वश्रममन्त्री र पूर्वसचिवसहित ६ जना पक्राउ

१ अर्ब ६९ करोडको संगठित ठगी आरोपमा दुई पूर्वश्रममन्त्री र पूर्वसचिवसहित ६ जना पक्राउ

मलेसिया जाने श्रमिकलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।

#मलेसिया #ठगी
Compare →
Hamro Patro News
1d ago
मलेसियाको मानव विकास सूचकाङ्कमा स्थिरता, शिक्षा सूचकाङ्कमा गिरावट

मलेसियाको मानव विकास सूचकाङ्कमा स्थिरता, शिक्षा सूचकाङ्कमा गिरावट

मलेसियाको मानव विकास सूचकाङ्क (एचडीआई) सन् २०२५ मा ०.८२४ कायम रहेको छ । आम्दानी र औसत आयुमा भएको सुधारले देशको मानव विकास सूचकाङ्क उच्च स्तरमा कायम राख्न सहयोग पुगेको मलेसियाको तथ्याङ्क विभाग (डीओए...

#मलेसिया
Compare →

Related Stories

Technology
Build #2612