Trending
Prev Story
Next Story

मलेसिया श्रमीक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पनि जोडिए, पक्राउ पुर्जी जारी

Onlinekhabar •
November 19, 2026 • 10:00 AM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा पूर्वमुख्य सचिव अर्यालयको पनि कनेक्सन …

मलेसिया श्रमीक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पनि जोडिए, पक्राउ पुर्जी जारी

३ मंसिर, काठमाडौं । । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा पूर्वमुख्य सचिव अर्यालयको पनि कनेक्सन देखिएको बताएको छ । उच्च स्रोतका अनुसार, उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ । तर, उनी भने फरार रहेका छन् ।

यो प्रकरणको कागजातबारे अनुसन्धान अघि बढाएपछि उनी सम्पर्कविहीन भएको उच्च स्रोतले बतायो । यो ठगी प्रकरणमा सीआईबीले बुधबार मात्रै दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पक्राउ परेका छन् ।

यसअघि यो प्रकरणमा सीआईबीले चार जनालाई पक्राउ गरेको थियो । जसमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका छन् ।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीमाथि अनुसन्धान गर्दा उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो ।

पक्राउ परेकाहरुविरुद्ध ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो ।

सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ ।

श्रमिकलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन बसेको, कानुनी उपचार नगरेको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
22m ago
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी

काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणको अनुसन्धान पूर्वमुख्यसचिव एकनारायण अर्यालसम्म...

#प्रकरण #अनुसन्धान #ठगी
Compare →
Ekantipur
23m ago
मलेसिया जाने श्रमिकमाथिको ठगीमा जोडिएपछि पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया जाने श्रमिकमाथिको ठगीमा जोडिएपछि पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

#ठगी #मलेसिया #पूर्वमुख्यसचिव
Compare →
Nagarik News
19h ago
१ अर्ब ६९ करोडको संगठित ठगी आरोपमा दुई पूर्वश्रममन्त्री र पूर्वसचिवसहित ६ जना पक्राउ

१ अर्ब ६९ करोडको संगठित ठगी आरोपमा दुई पूर्वश्रममन्त्री र पूर्वसचिवसहित ६ जना पक्राउ

मलेसिया जाने श्रमिकलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।

#ठगी #मलेसिया
Compare →
Hamro Patro News
4h ago
१० अर्ब ७३ करोड हिनामिना प्रकरण:
बराह सहकारीकाे मुख्य याेजनाकारसहित दुई पक्राउ

१० अर्ब ७३ करोड हिनामिना प्रकरण: बराह सहकारीकाे मुख्य याेजनाकारसहित दुई पक्राउ

सुनसरीको धरानमा रहेको बराह सहकारीको १० अर्ब ७३ करोडभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा मुख्य योजनाकारसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले मुख्य योजनाकार धरान १२ घर भई काठमाडाैं २२ बस्ने बराह ब...

#प्रकरण
Compare →

Related Stories

Australia & Pacific
Build #2612