Trending
Prev Story
Next Story

बैंकहरूमा निक्षेप बढ्दा राष्ट्र बैंकको खर्च थपियो पौने २३ अर्ब

Onlinekhabar •
November 18, 2026 • 02:31 PM
2
2 reads 0 reactions

२ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग सुस्त हुने र निक्षेप निरन्तर थपिँदा राष्ट्र बैंकको खर्च २३ अर्ब थपिएको छ । वित्तीय प्रणालीको अधिक तरलता खिच्दा ब्याज दिनु परेकाले केन्द्रीय बैंकको खर्च बढेको हो …

बैंकहरूमा निक्षेप बढ्दा राष्ट्र बैंकको खर्च थपियो पौने २३ अर्ब

२ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग सुस्त हुने र निक्षेप निरन्तर थपिँदा राष्ट्र बैंकको खर्च २३ अर्ब थपिएको छ ।

वित्तीय प्रणालीको अधिक तरलता खिच्दा ब्याज दिनु परेकाले केन्द्रीय बैंकको खर्च बढेको हो । बैंकमा अधिक तरलता हुँदा राष्ट्र बैंकले त्यसलाई खिचेर राखिदिन्छ । त्यसबापत बैंकहरूलाई राष्ट्र बैंकले ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ ।

गत आर्थिक वर्ष त्यसरी तरलता खिच्दा ब्याजबापत राष्ट्र बैंकले २२ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । अघिल्लो आव केन्द्रीय बैंकले तरलता व्यवस्था गर्दा ९ अर्ब ३९ करोड रुपैयाँ खर्चेको थियो ।

तरलता व्यवस्थापनमा नै अर्बौं रुपैयाँ खर्च हुन थालेपछि राष्ट्र बैंकले त्यसका लागि वैकल्पिक उपाय खोजिरहेको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिमै वित्तीय प्रणालीमा नेपाली मुद्रा आपूर्ति कम गर्न ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ गर्ने व्यवस्था गरेको छ ।

त्यो भनेको रेमिट्यान्समा विदेशी पैसा नै भुक्तानी दिने व्यवस्था गर्ने उल्लेख हो । त्यसका लागि सन्दर्भमा आवश्यक अध्ययन पनि गरिरहेको छ ।

अधिक तरलताको समस्यामा ब्याज खर्च गरेर रकम तान्नेमात्र नभई नयाँ वित्तीय औजार प्रयोग पनि गरिने केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

अहिले केन्द्रीय बैंकले विदेशी मुद्रा आफूसँग राखेर नेपाली रुपैयाँ भुक्तानी गर्दा तरलता बढेको हो । अधिक तरलता भएको अवस्थामा विदेशी मुद्रा नै भुक्तानी दिई व्यवस्थापन गर्ने योजना रहेको ती अधिकारीले बताए ।

कर्जाको माग बढाउनकै लागि राष्ट्र बैंकले कर्जा नीति खुकुलो बनाउँदै आएको छ । कर्जा नीति खुकुलो बनाउँदा समेत माग सुधार नभएपछि अधिक तरलताको समस्या झनै जटिल बनेको हो ।

कर्जा माग बढाउन सकेको खण्डमा तरलता व्यवस्थापन सहज हुने उनले बताए । ‘तरलता व्यवस्थापन गर्दा केन्द्रीय बैंकले कहिले आम्दानी हुन्छ, कहिले खर्च हुन्छ यो नियमित काम हो,’ ती अधिकारीले भने, ‘तरलता धेरै हुँदा केन्द्रीय बैंकले खर्च गर्नुपर्छ, तरलता न्यून हुँदा आम्दानी गर्छ ।’

केन्द्रीय बैंकले तरलता व्यवस्थापन र ब्याजदरको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न प्रणालीको पैसा खिच्ने वा पठाउने गर्छ । केन्द्रीय बैंकले प्रणालीमा पैसा पठाउँदा ब्याज आम्दानी हुन्छ भने खिच्दा खर्च हुन्छ ।

वित्तीय प्रणालीको अल्पकालीन ब्याजदर तरलताको अवस्थाले निर्धारण गर्छ । अधिक तरलता भएको समयमा ब्याजदर घट्छ भने न्यून भएको अवस्थामा बढ्छ । त्यसको आधार भनेको बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबार दर हो ।

वित्तीय प्रणालीमा अधिक तरलता हुँदा अन्तरबैंक दर घट्छ । तरलता कसिलो भएको अवस्थामा अन्तरबैंक दर बढ्छ । केन्द्रीय बैंकले अन्तरबैंकलाई आधार बनाइ ब्याजदर करिडोर कार्यान्वयन गर्दै आएको छ । अन्तरबैंक कारोबार दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम हुन दिँदैन ।

प्रणालीमा अधिक तरलता भएका कारण अन्तरबैंक दर घट्यो भने केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन मार्फत तरलता खिच्दछ र प्रणालीमा तरलता कसिलो बनाउँछ, यसले अन्तर बैंकदर थप घट्न पाउँदैन । अर्कातर्फ, अन्तरबैंक दर बढ्यो भने स्थायी तरलता सुविधा मार्फत प्रणालीमा पैसा पठाउँछ, जसले अन्तरबैंक दर केही घटाउन मद्दत पुग्छ ।

त्यसका साथै रिपो, रिभर्स रिपोको समेत प्रयोग गरी तरलता व्यवस्थापन गर्छ । तरलता अवस्थामा आउने परिवर्तनले ब्याजदर समेत अस्थिर हुने भएकाले केन्द्रीय बैंकले ब्याजदर करिडोर सुरु गरेको हो ।

ब्याजदर करिडोरको तल्लो सीमा भनेको स्थायी निक्षेपको ब्याजदर हो, माथिल्लो सीमा स्थायी तरलता सुविधाको ब्याजदर अर्थात् बैंक दर हो ।

केन्द्रीय बैंकले तरलता खिच्ने र पठाउने गरेर अल्पकालीन ब्याजदरलाई करिडोरको सीमाभित्र राख्दै आएको छ । सोही अनुसार केन्द्रीय बैंकले अधिक तरलता हुँदा ब्याज भुक्तानी गर्नुपर्छ भने न्यून तरलता भएको समयमा आम्दानी गर्छ ।

हाल बैंक दर ५.७५, नीतिगत दर ४.२५ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत छ । गत आव पटक–पटक गरी कुल ४ सय २५ खर्ब १६ अर्ब २५ करोड तरलता प्रशोचन गरिएको छ भने ओभरनाइट तरलता सुविधा मार्फत १२ अर्ब ५० करोड तरलता प्रवाह गरेको केन्द्रीय बैंकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
5d ago
६ खर्ब निक्षेप भएका बैंकदेखि ऋणात्मक वितरणयोग्य नाफासम्म, यस्तो छ बैंकहरूको वास्तविक तस्वीर

६ खर्ब निक्षेप भएका बैंकदेखि ऋणात्मक वितरणयोग्य नाफासम्म, यस्तो छ बैंकहरूको वास्तविक तस्वीर

बैंकको वित्तीय अवस्था कति बलियो छ भन्ने मूल्यांकन खुद नाफा वा निक्षेपको आकारले मात्रै हुँदैन। कर्जा विस्तार, खराब कर्जाको अवस्था,...

#वित्तीय #निक्षेप #बैंकहरू
Compare →
Nagarik News
1d ago
बैंकमा किन थुप्रियो ८ खर्ब ?

बैंकमा किन थुप्रियो ८ खर्ब ?

बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह गर्न र अन्य वित्तीय कारोबार सञ्चालन गर्न आवश्यकताभन्दा बढी रकम उपलब्ध हुने अवस्थालाई अधिक तरलता भनिन्छ।

#तरलता #वित्तीय #निक्षेप
Compare →
Hamro Patro News
1d ago
तरलता थुप्रिएपछि बजारबाट राष्ट्र बैंकले आज २ खर्ब खिच्दै

तरलता थुप्रिएपछि बजारबाट राष्ट्र बैंकले आज २ खर्ब खिच्दै

काठमाडौँ / बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार ३ महिना अवधिका लागि निक्षेप स...

#तरलता #वित्तीय
Compare →
Ekantipur
3d ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#खर्च #वित्तीय
Compare →
Bizshala
1h ago
उत्पादनमूलक कम्पनीको नाफामा ठूला ब्रान्डकै दबदबा, १२ कम्पनीले पौने २ अर्ब कमाउँदा चार कम्पनी घाटामा !

उत्पादनमूलक कम्पनीको नाफामा ठूला ब्रान्डकै दबदबा, १२ कम्पनीले पौने २ अर्ब कमाउँदा चार कम्पनी घाटामा !

काठमाण्डौ । नेपालको सेयर बजारमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूको वित्तीय अवस्था विश्लेषण गर्दा नाफा...

#वित्तीय #पौने
Compare →

Related Stories

Business & Economy
Build #2612