Trending
Prev Story
Next Story

नेपाल राष्ट्र बैंकको सम्पत्ति कत्ति छ ?

Ekantipur •
November 18, 2026 • 08:32 AM
2
2 reads 0 reactions

असार २०८३ सम्म राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार रुपैयाँ पुगेको छ । असार २०८२ को तुलनाम गत वर्ष बैंकको सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकको सम्पत्ति कत्ति छ ?

असार २०८३ सम्म राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार रुपैयाँ पुगेको छ । असार २०८२ को तुलनाम गत वर्ष बैंकको सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेको हो ।

काठमाडौँ — नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक हो । देशको पैसा छाप्ने, सरकारको सम्पत्ति (पैसा, बहुमूल्य धातु, सुन चाँदी आदि) व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकको हो । आफै पैसा छाप्ने अधिकार भएको संस्थाको सम्पत्ति कति होला ?

असार २०८३ सम्म राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार रुपैयाँ पुगेको छ । असार २०८२ को तुलनाम गत वर्ष बैंकको सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेको हो ।

यो सम्पत्ति राष्ट्र बैंकले त्यत्तिकै ढुकुटीमा राखेर बस्दैन । देशभित्र र बाहिर विभिन्न औजारहरु (सुन, विभिन्न ऋणपत्र आदि), मौद्रिक उपकरणमा लगानी गर्छ ।

असार २०८३ सम्म कायम राष्ट्र बैंकको कुल सम्पत्तिमध्ये ८९.७२ प्रतिशत सुन (गोल्ड सर्टिफिकेट) मा लगानी गरेको छ । नगद तथा बैंक मौज्दात सम्पत्तिको अंश ६.८७ प्रतिशत र बा“की अन्य अंश ३.४१ प्रतिशत रहेको । असार २०८२ मा गोल्ड सर्टिसकिेटमा ८८.९२, नगत तथा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ७.३२ प्रतिशत र अन्यमा ३.७६ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकले सुनमा लगानी गर्दा सामान्यतया अन्तर्राष्ट्रिय बजारबाट अमेरिकी डलर वा अन्य परिवर्तनीय विदेशी मुद्राको भुक्तानी गरी सुन खरिद गर्छ । खरिद गरिएको सुनलाई भौतिक रूपमा आफ्नै भण्डारमा राख्न वा अन्तर्राष्ट्रिय ‘बुलियन’ बैंकको खातामा सुनको मौज्दातका रूपमा राख्न सक्छ ।

केन्द्रीय बैंकले सुनमा लगानी गर्नु भनेको सामान्य लगानीकर्ताले सुनको सिक्का, गरगहना वा सुनका बिस्कुट किनेर राखेजस्तो मात्र होइन । यो देशको विदेशी मुद्रा सञ्चिति व्यवस्थापन गर्ने रणनीतिक प्रक्रिया हो ।सकारण केन्द्रीय बैंकले आफ्नो विदेशी विनिमय सञ्चितिको एउटा हिस्सा सुनमा राख्न सक्छ । यसको मुख्य उद्देश्य सम्पत्तिको विविधीकरण, मूल्य संरक्षण, अन्तर्राष्ट्रिय भुक्तानी क्षमता र वित्तीय जोखिम व्यवस्थापन गर्नु हो ।

यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष राष्ट्र बैंकले  विभिन्न उपकरण (गोल्ड सर्टिफिकेटसमेत) मा गरेको लगानी ४६.३६ प्रतिशतले बढेर ३४ खर्ब ७६ अर्ब ५१ करोड ७ लाख ४१ हजार पुगेको छ । असार २०८२ असारमा यस्तो लगानी २३ खर्ब ७५ अर्ब २६ करोड २ लाख ९१ हजार रहेको थियो ।

यस्तै, २०८२ असारको तुलनामा २०८३ असारमा राष्ट्र बैंकको नगद तथा बैंक मौज्दात सम्पत्ति ३६.१८ प्रतिशतले बढेर २ खर्ब ६६ अर्ब २७ करोड ७४ लाख ३६ हजार पुगेको छ । २०८२ असारमा नगद तथा नगद सरहका सम्पत्ति रु.१ खर्ब ९५ अर्ब ५३ करोड १० लाख १० हजार रहेको थियो ।

२०८३ असार मसान्तको कुल दायित्व तथा इक्विटीमा दायित्वको अंश ७३.१२ प्रतिशत र इक्विटीको अंश २६.८८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

#दायित्व #२०८३ #कुल
Compare →
Hamro Patro News
20h ago
उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं । विचौलिया भनिएका इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरिएको छ । जिल्ला ...

#सम्पत्ति
Compare →
Onlinekhabar
22h ago
इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

१ मंसिर, काठमाडौं । विचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर …

#सम्पत्ति
Compare →
Bizshala
6d ago
सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय...

#सम्पत्ति
Compare →
Arthasansar
1w ago
चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ...

#सम्पत्ति
Compare →

Related Stories

Business & Economy
Build #2612