Trending
Prev Story
Next Story

एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

Ekantipur •
November 18, 2026 • 08:32 AM
2
2 reads 0 reactions

बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा नपुगेको र अब फेरि सरकारमा फर्कने बताएका हुन् ।

एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा नपुगेको र अब फेरि सरकारमा फर्कने बताएका हुन् ।

काठमाडौं — एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन् । बुधबार सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा नपुगेको र अब फेरि पनि सरकारमा फर्कने बताएका हुन् ।

उनले प्रतिक्रियावादी, जनविरोधी तथा देशको अहित चाहने शक्तिले चौतफी घेराबन्दीमा पारेर असंवैधानिक बाटोबाट सत्ताबाट हटाए पनि फेरि सत्तामा पुग्ने दाबी गरे । उनले एमाले फेरि सरकारमा फर्किएर देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने बताए । उनले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ अघि बढाउने बताए  ।

उनले भने, ‘एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन । संघर्षको मैदानबाट, सङ्घर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौं । सरकारको नेतृत्व कृपाले, जनताको कृपाले गएका हौँ । अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा, आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन । फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ ।’

सामाजिक सञ्जालमा एमालेको राजनीतिक भविष्यलाई लिएर भइरहेको टिप्पणीप्रति कटाक्ष गर्दै ओलीले केही समय फेसबुकमा आलोचना गर्दै बस्न आग्रह गरे । यसअघि सरकारबाट हटाइँदा पनि आफूहरूले संवैधानिक बाटोबाटै पुनः सत्तामा फर्किने उनले बताए । अध्यक्ष ओलीले अब पनि फेरि एमाले सिंहदरबारको मूल ढोकाबाट प्रवेश गर्ने बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्।

#केपी-ओली #एमा #सरकारमा
Compare →
Arthasansar
1h ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#केपी-ओली #एमा #फेरि
Compare →
Hamro Patro News
1h ago
ओली भन्छन्– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

ओली भन्छन्– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरे...

#केपी-ओली #एमा #फेरि
Compare →
Onlinekhabar
1h ago
विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् …

#केपी-ओली #एमा #फेरि
Compare →

Related Stories

Politics & Governance
Build #2612