Trending
Prev Story
Next Story

मटान कहाना इजरायलको सभामुख निर्वाचित

Ekantipur •
November 18, 2026 • 08:32 AM
3
3 reads 0 reactions

इजरायलमा मटान कहाना सभामुख निर्वाचित

मटान कहाना इजरायलको सभामुख निर्वाचित

इजरायलमा मटान कहाना सभामुख निर्वाचित

जेरुसलेम — इजरायली संसद्ले मङ्गलबार मटान कहानालाई सभामुख निर्वाचित गरेको छ। कहाना विपक्षी नेता गदी आइजेन्कोटको खेमाका प्रमुख नेता हुन्, जसले प्रधानमन्‍त्री बेन्जामिन नेतान्याहूलाई सत्ताच्युत गराएर नयाँ सरकार गठन गर्ने कसरत गरिरहेका छन्।

भर्खरै सम्पन्न निर्वाचनमा नेतान्याहू र उनका सहयोगीहरूले संसद्मा आफ्नो बहुमत गुमाइसकेका छन्।

एक सय बीस सदस्यीय संसद्मा भएको यस मतदानमा यहूदी र अरब दुवैतर्फका विपक्षी दलहरूको समर्थन जुटाउँदै कहानाले ६६ मत प्राप्त गरे ।

सात घण्टाभन्दा लामो समयसम्म चलेको चर्को बहसपछि नेतन्याहू समर्थित उम्मेदवार ओफिर काट्ज़ले भने ५२ मत मात्रै प्राप्त गर्न सके ।

यो कदमलाई निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारद्वारा अघि सारिएका विवादास्पद नीतिहरूलाई उल्ट्याउने दिशामा एक ठूलो र महत्त्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।

संसद्का नयाँ सभामुखको रूपमा पहिलो मन्तव्य राख्दै मटान कहानाहले मेलमिलापको नीति अपनाउने बताए। उनले फरक-फरक विचार र राजनीतिक मतभेद भए पनि राज्यका संस्था तथा एक-अर्काको सम्मान गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे।

अक्टोबर २७ मा भएको निर्वाचनपछि राष्ट्रपतिले आइजेन्कोटलाई सरकार गठनका लागि औपचारिक जिम्मेवारी दिएका छन्। आइजेन्कोटले कहानाको विजयलाई लोकतन्त्रको जित भन्दै स्वागत गरेका छन्।

गठबन्धनका लागि आइजेन्कोटका सामु अझै केही साताको समय बाँकी छ। यसैबीच, सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्ने विषयले संसद्मा फेरि तीव्रता पाएको छ। नेतान्याहूमाथि यस घटनाको जिम्मेवारीबाट पन्छिन खोजेको गम्भीर आरोप लाग्दै आएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
इजरायली संसद्‍मा नेतान्याहुलाई ठूलो धक्का, विपक्षी गठबन्धनका मतान कहाना नयाँ सभामुखमा निर्वाचित

इजरायली संसद्‍मा नेतान्याहुलाई ठूलो धक्का, विपक्षी गठबन्धनका मतान कहाना नयाँ सभामुखमा निर्वाचित

२ मंसिर, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता पकडमा मंगलबार गम्भीर धक्का लागेको छ। इजरायली संसद 'नेसेट' ले विपक्षी गठबन्धनका उम्मेदवारलाई नयाँ सभामुखमा निर्वाचित गरेसँगै विधायिकी कार्यसूचीमा विपक्षीहरूको नियन्त्रण स्थापित भएको छ। नेसेट प्रवक्ताका अनुसार विपक्षी …

#सभामुख #निर्वाचित #कहाना
Compare →
Nagarik News
18h ago
सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

#सभामुख
Compare →
Hamro Patro News
1d ago
सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग भेट

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग भेट

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरूसँग भेटघाट गर्नुभएको छ। उहाँले सोमबार सर्लाही पुगेर दुर्घटनाबाट प्रभावित परिवार तथा घ...

#सभामुख
Compare →
Bizshala
2d ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#इजरायल
Compare →
Arthasansar
6d ago
इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्। अल...

#सभामुख
Compare →

Related Stories

Politics & Governance
Build #2612