Trending
Prev Story
Next Story

विकासका लागि सबै पक्षबीच संवाद र सहकार्य आवश्यक : सभामुख अर्याल

Nagarik News •
November 16, 2026 • 01:34 PM
4
4 reads 0 reactions

छठ पर्व मनाउन मधेस पुगेका सभामुख अर्यालले सोमबार दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाट कार्यक्रममा बोल्दै मधेसको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए।

विकासका लागि सबै पक्षबीच संवाद र सहकार्य आवश्यक : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धिका लागि नागरिकको जीवनस्तर सुधारसँगै भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले विकासका लक्ष्य हासिल गर्न सबै पक्षबीच साझा प्रयास, सहकार्य र निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरे।

छठ पर्व मनाउन मधेस पुगेका सभामुख अर्यालले आज दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाट कार्यक्रममा बोल्दै मधेसको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए।

उनले मधेसको समग्र विकासका लागि परिणाममुखी योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखे। कृषिमा आधारित उद्योगधन्दाको विकास गर्न सके रोजगारीका अवसर सिर्जना हुने र युवाको विदेश पलायनसमेत न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।

यसपटक छठ पर्व मनाउन मधेस आउँदा यहाँको सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप र सहिष्णुताले आफूलाई प्रभावित पारेको सभामुख अर्यालले बताए। चाडपर्वमा देखिने एकता र सद्भावलाई विकास निर्माणमा समेत रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए।

राजनीतिमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले राजनीति सुशासन र विकासप्रति समर्पित हुनुपर्ने बताए। यसका लागि नागरिकले आफ्ना जनप्रतिनिधिलाई निरन्तर खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले संसद्ले दीर्घकालीन महत्व राख्ने कानुन निर्माण तथा संविधान संशोधनका विषयमा गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए। आगामी पुस्ताले समेत वर्तमान पुस्ताको कामप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्नु सबैको जिम्मेवारी भएको उनले उल्लेख गरे।

वीरगञ्जमा छठ पर्व मनाएर हुलाकी सडक हुँदै बर्दिवास पुगेका सभामुख अर्याल स्थानीयसँगको भेटघाटपछि काठमाडौं फर्किएका छन्।

प्रकाशित: ३० कार्तिक २०८३ १९:१९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल

विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल

३० कात्तिक, महोत्तरी । सभामुख डोलप्रसाद अर्यालले नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको बताएका छन् । छठ पर्वका लागि मधेश आएका उनले …

#विकास #सभामुख #अर्याल
Compare →
Hamro Patro News
7h ago
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, ३० कात्तिक । सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले...

#सभामुख #अर्याल
Compare →
Ekantipur
1d ago
म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

#सभामुख #अर्याल
Compare →
Bizshala
3d ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →

Related Stories

Politics & Governance
Build #2612