Trending
Prev Story
Next Story

म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

Ekantipur •
November 15, 2026 • 06:32 AM
10
10 reads 0 reactions

सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले निश्चित समयका लागि मात्रै पदमा रहेको बताएका छन् । समाजमा सुशासन कायम गर्दै सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको पनि सभामुख अर्यालको भनाइ थियो ।

बाराको सिमरा–४, औराहास्थित नवनिर्मित कृष्ण प्रणामी मन्दिरको अवलोकन तथा स्थानीय समुदायसँगको भेटघाटका क्रममा सभामुख अर्यालले समाज, संविधान र कानुनले वञ्चित नगरेका विषयमा सबै नागरिकको समान सहभागिता र उपस्थितिको अधिकार रहेको उल्लेख गरेका थिए । सभामुखको सचिवालयले दिएको जानकारी अनुसार सभामुख अर्यालले भनेका थिए, 'म निश्चित अवधिका लागि सभामुख भएको हुँ, तर मेरो धरातल एउटा साधारण नागरिकका रूपमा यही समाजमा छ । हिजोको मेरो हुर्काइ र भोलि पनि यही समाजमा तपाईँहरूसँगै मिलेर बस्नुपर्ने कुरा म कदापि भुल्न सक्दिनँ ।'

सभामुख अर्यालले आर्थिक रूपमा नेपालले अझै धेरै प्रगति गर्न बाँकी रहे पनि धर्म, संस्कृति, सम्पदा र विविधताबीचको सामाजिक एकता नेपालको विशिष्ट पहिचान भएको बताएका थिए । जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीचको आपसी सद्भाव र सहअस्तित्व विश्वसामु प्रस्तुत गर्न सकिने नेपालको उदाहरणीय विशेषता भएको उनको भनाइ थियो ।

भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्नेमा सभामुख अर्यालले जोड दिएका थिए । त्यसका लागि संवाद, सहकार्य र समन्वयमार्फत नागरिकका समस्या तथा गुनासो सम्बोधन गर्नुपर्ने उनले बताएका थिए ।

संघीय संसद्मा कानुन तथा नीति निर्माण गर्दा नेपालका सबै धर्म, संस्कृति, जातजाति र भाषालाई समेट्ने विषयमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सभामुख अर्यालले विज्ञ तथा सरोकारवालाका सुझाव र अनुभवले भावी पुस्ताका लागि उपयोगी कानुन निर्माण गर्न सहयोग पुग्ने बताएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वा...

#सभामुख #अर्याल #निश्चित
Compare →
Onlinekhabar
45m ago
भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा

भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा

३० कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारलाई भेट्न प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेका छन् । सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरी समवेदना …

#सभामुख #अर्याल
Compare →
Nagarik News
4h ago
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

#सभामुख #अर्याल
Compare →

Related Stories

Politics & Governance
Build #2612