Trending
Prev Story
Next Story

एनपीएलमा पाँचौ शतक, मिशाराको व्यक्तिगत उच्च स्कोर

Onlinekhabar •
November 18, 2026 • 02:31 PM
2
2 reads 0 reactions 4 comments

काठमाडौं । चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक प्रहार गर्ने पाँचौ खेलाडी बनेका हुन् । एनपीएलको तेस्रो सिजनको एलिमिनेटरमा चितवनका मिशाराले काठमान्डु गोर्खाजविरुद्ध शतक प्रहार गरेका हुन् । उनले ५९ …

एनपीएलमा पाँचौ शतक, मिशाराको व्यक्तिगत उच्च स्कोर

काठमाडौं । चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक प्रहार गर्ने पाँचौ खेलाडी बनेका हुन् ।

एनपीएलको तेस्रो सिजनको एलिमिनेटरमा चितवनका मिशाराले काठमान्डु गोर्खाजविरुद्ध शतक प्रहार गरेका हुन् । उनले ५९ बल खेल्दै ५ चौका र १० छक्का मद्दतमा अविजित १२० रन बनाए ।

देव खनालसँग ओपनिङ गरेका मिशाराले अन्तिमसम्म ब्याट क्यारी गर्दै एनपीएल इतिहासमा व्यक्तिगत उच्च स्कोर समेत बनाए ।

यसअघि एनपीएलको दोस्रो संस्करणमा कर्णाली याक्समा मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रन बनाएका थिए । त्यसबेला सबैभन्दा छिटो ४१ बलमै शतक प्रहार गरेका उनले ४४ बल खेल्दै ६ चौका र १२ छक्का मद्दतमा ११४ रन बनाएका थिए ।

यस सिजन शतक बनाउने मिशारा दोस्रो खेलाडी हुन् । यसअघि लिग चरणमा पोखरा एभेन्जर्सका क्यानडेली ओपनर युवराज सिंह सम्राले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए ।

एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा अहिलेसम्म पाँच शतक बनेका छन् । त्यसमा तीन टिमका खेलाडीले मात्र शतक बनाएका छन् । पोखरा एभेन्जर्सका तीन तथा कर्णाली र चितवनका एक-एक खेलाडीले शतक प्रहार गरेका थिए ।

सन् २०२४ मा भएको एनपीएलको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका अमेरिकी खेलाडी आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध पहिलो शतक बनाएका थिए ।

उनले ५५ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा अविजित १०४ रन बनाएका थिए । गौस र दिनेश खरेलले अविजित १७६ रनको साझेदारी गरेपछि पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको थियो ।

यस्तै दोस्रो सिजन कर्णालीका मार्क वाट र पोखराकै एडम रोसिङ्गटनले शतक प्रहार गरे । मार्क वाटले लुम्बिनीविरुद्ध शतक प्रहार गर्दा पोखराका रोसिङ्गटनले भने कर्णाली याक्स विरुद्ध नै शतक प्रहार गरे ।

रोसिङ्गटनले ५८ बल खेल्दै ११ चौका र ७ छक्का मद्दतमा अविजित १०८ रन बनाएका थिए ।

तेस्रो संस्करणमा पनि पहिलो शतक पोखराकै खेलाडीको नाममा रह्यो । ओपनर युवराज सम्राले कर्णाली याक्सविरुद्ध नै शतक प्रहार गरे ।

पोखराका मार्की प्लेअर कुशल भुर्तेल भने लिग चरणमा काठमान्डु गोर्खाजविरुद्धको खेलमा शतक बनाउन बाट एक रनले चुके । उनी ९९ रन बनाएर आउट भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
एनपिएल : मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

एनपिएल : मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटर खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #शतक
Compare →
Arthasansar
3h ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Hamro Patro News
9h ago
एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आफ्नो उपाधि होडलाई जीवित राख्न आज चितवन राइनोज र काठमाडौं गोर्खाजबीच निर्णायक भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिके...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
1d ago
एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनको पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा दुवै टोली उपाधि यात्राको महत्त्वपूर्ण चरण पार गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612