Trending
Prev Story
Next Story

कमिल मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

Onlinekhabar •
November 18, 2026 • 01:31 PM
2
2 reads 0 reactions 4 comments

२ मंसिर, काठमाडौं । कमिल मिशाराको शतक र कप्तान रवि बोपाराको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ …

कमिल मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

२ मंसिर, काठमाडौं । कमिल मिशाराको शतक र कप्तान रवि बोपाराको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ओपनिङ ब्याटर कमिशल मिशाराको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो ।

चितवनका लागि एनपीएलमा अहिलेसम्मकै उच्च स्कोर बनाउने कमिल मिशाराले शतक प्रहार गरे । यसअघि चितवनले यसै सिजन लिग चरणमा काठमान्डुविरुद्ध बनाएको १७० रन टिमको उच्च स्कोर थियो । उक्त खेलमा चितवन १० रनले पराजित भएको थियो ।

मिशाराले करियरको तेस्रो टी-२० शतक बनाउने क्रममा अविजित १२० रन बनाए । उनले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरे । एनपीएल इतिहासमा यो व्यक्तिगत उच्च स्कोर हो । यसअघि कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्स विरुदध दोस्रो सिजन ११४ रन बनाएका थिए ।

यस सिजन कुनै पनि टिमले २०० रन भन्दा माथिको योगफल बनाएको यो तेस्रो पटक हो । यसअघि पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध २१७ र काठमान्डु विरुद्ध नै २२४ रन बनाएको थियो ।

पहिलो विकेटका लागि मिशाराले देव खनालसँग २२ रनको साझेदारी गरेका थिए । तर चौथो ओभरमा काठमान्डुका कप्तान करण केसीले देव खनाल र डाविड मालानलाई लगातार आउट गरेपछि चितवन २२-२ को स्थितीमा पुगेको थियो । देवले १५ बल खेल्दै २ चौका र १ छक्का मदतमा १७ रन बनाए । मालान पहिलो बलमै क्याचआउट भएका थिए ।

त्यसपछि मिशाराले कप्तान रवि बोपारासँग मिलेर तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे । यो जोडीले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे । एनपीएलमा चितवनको यो अहिलेसम्मको उच्च साझेदारी हो भने समग्रमा तेस्रो ठूलो साझेदारी हो ।

१९औं ओभरको तेस्रो बलमा काठमान्डुका रासिद खानले बोपारालाई बोल्ड गरेपछि यो साझेदारी तोडेका थिए । बोपाराले यस सिजन एनपीएलमा दोस्रो अर्धशतक प्रहार गरेका हुन् । उनले ४२ बलमा ३ चौका र २ छक्का मदतमा ५३ रन बनाए ।

त्यसपछि विवेक यादवले ३ बल खेल्दै २ चौका मदतमा ८ रन बनाएर आउट भए । काठमान्डुका कप्तान करण केसी र रासिद खानले २-२ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
एनपिएल : मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

एनपिएल : मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटर खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #मिशारा
Compare →
Arthasansar
2h ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
3h ago
इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउने हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Hamro Patro News
1d ago
एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १ सय ६ रनको लक्ष्य

एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १ सय ६ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले लुम्बिनीसामु १ सय ६ रन...

#एनपीएल #प्रिमियर-लिग #दियो
Compare →

Related Stories

National (Nepal)
Build #2612