Trending
Prev Story
Next Story

लुम्बिनी विकास कोषका उपाध्यक्ष र सदस्य सचिवले सम्हाले कार्यभार

Onlinekhabar •
November 18, 2026 • 01:31 PM
2
2 reads 0 reactions

२ मंसिर, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार पदभार ग्रहण गरेकी छन् । उनले लुम्बिनीको समग्र विकासका लागि आफू पूर्ण क्षमता, स्रोत र बुद्धिले भ्याएसम्म सेवा गर्न समर्पित रहेको स्पष्ट …

लुम्बिनी विकास कोषका उपाध्यक्ष र सदस्य सचिवले सम्हाले कार्यभार

२ मंसिर, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार पदभार ग्रहण गरेकी छन् । उनले लुम्बिनीको समग्र विकासका लागि आफू पूर्ण क्षमता, स्रोत र बुद्धिले भ्याएसम्म सेवा गर्न समर्पित रहेको स्पष्ट पारेकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नियुक्ति पश्चात विभिन्न चरणका राजनीतिक तथा स्थानीय प्रतिक्रियाहरूबीच कोषले पूर्णता पाएलगत्तै उनी बुधबार दिउंसो लुम्बिनी आएर पदभार ग्रहण गरेकी हुन् । पदभार अगावै उनले मायादेवी मन्दिरमा पूजा गरेकी छन् ।

मायादेवी मन्दिरमा आफ्नो पहिलो प्रतिक्रिया दिँदै उपाध्यक्ष आनी छोइङ डोल्माले लुम्बिनीको विकासको निम्ति, वरपरका सबै बासिन्दाको निम्ति र सबै प्राणीहरूको सेवामा हाजिर भएको बताउदै आफ्नो क्षमता, स्रोत र बुद्धिले भ्याएसम्म सधैँ सेवा गर्ने बताइन् ।

उनले एक्लो प्रयासले मात्र ठूला कामहरू सम्भव नहुने बताउँदै यसका लागि संस्थागत टिमवर्क अपरिहार्य रहेको औल्याइन । सदस्य–सचिव सन्तोष पाण्डेय लगायतका अनुभवी र जोसिला पदाधिकारीहरूको बलियो टिमसँग मिलेर अघि बढ्ने उनको भनाइ छ ।

लुम्बिनी विकास कोषको इतिहासमै पहिलो पटक चार जना महिला भिक्षुणीहरू परिषद् सदस्यका रूपमा जोडिनु ऐतिहासिक र सुखद पक्ष भएको उल्लेख गर्दै उनले यसले महिला सहभागिता र बौद्ध दर्शनको मर्मलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन ।

उपाध्यक्ष आनीले सबै मिलेर मात्र लुम्बिनीलाई विश्वस्तरीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको रूपमा थप व्यवस्थित र विकसित गर्न सकिने बताइन् ।

नवनियुक्त पदाधिकारी एव सदस्यलाई विकासकोषका वरिष्ठ अधिकृत ज्ञानिन राई, प्राविधिक टोली र कर्मचारीहरुले विकासकोष बारे जानकारी गराएका थिए । मंगलबार कोषाध्यक्षमा पूर्व एआईजी रमेश शेखर बज्राचार्य नियुक्त भएसँगै कोषले पूर्णता पाएको हो । मन्त्रिपरिषद् बैठकले करिब ६ महिनादेखि रिक्त सदस्य–सचिवमा तिलोत्तमा नगरपालिकाका सन्तोष पाण्डेयलाई नियुक्त गरेको थियो भने सोही बैठकले परिषद् सदस्यमा डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरेको थियो ।

यस्तै नवनियुक्त सदस्य सचिव पाण्डेले लुम्बिनीमा सुशासन र पारदर्शितालाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । बुधबार पदबहाली गरेपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोषका हरेक क्षेत्र र डोमेनमा भ्रष्टाचाररहित तथा पूर्ण पारदर्शी कार्यशैली अपनाइने स्पष्ट पारे ।

लुम्बिनीको विकासका लागि बनेको गुरुयोजनाको कार्यान्वयन अवस्थाबारे विस्तृत अध्ययन गरी सोही अनुसार नै अगाडि बढ्ने सदस्य सचिव पाण्डेले बताए । हालसम्म गुरुयोजनाको करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको सुनेको उल्लेख गर्दै उनले यसको विस्तृत विवरण लिने र यदि कतै कमीकमजोरी वा गुरुयोजनाविपरीत काम भएको पाइएमा त्यसलाई सच्याएर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रको महत्वलाई अझ उचाइमा पुर्‍याउन गुरुयोजनाको स्तरोन्नति तथा परिमार्जनमा जोड दिइने उनको भनाइ थियो ।

बजेट अभाव वा अन्य कारणले रोकिएका विकास निर्माणका कामहरूलाई तीव्रता दिन आफूले तुरुन्तै काम सुरु गर्ने र कुनै पनि किसिमको समस्या आउन नदिने उनले विश्वास दिलाए ।

यस्तै लुम्बिनीमा दान, भेटी र सहयोग रकमको व्यवस्थापनलाई पूर्ण रूपमा पारदर्शी बनाइने बताउदै उनले स्थानीय समस्यालाई समाधान गर्दै लुम्बिनी क्षेत्रको फोहोरमैला व्यवस्थापन हाल देखिएको एक प्रमुख समस्या रहेको औंल्याउँदै यसको दिगो समाधानका लागि पहल गर्ने बताए ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूले यहाँको वास्तविक शान्ति र पवित्रताको अनुभव गर्न सक्ने वातावरण निर्माण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनले भने ।

कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नियुक्ति खारेजीको माग गर्दै लुम्बिनीमा लुम्बिनी बचाउ महाअभियानले प्रदर्शन गर्दै आएको थियो । उक्त संस्थाले आनीको नियुक्ति खारेज गर्न माग गर्दै नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिंदै आएको थियो ।

महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको  मान्यताविपरीत रहेकाले नियुक्ति बदर गर्न सरकारसँग माग गर्दै आएका थिए ।

सरकारले गत असोज ३० गते डोल्मालाई नियुक्त गरे संगै लुम्बिनीमा लुम्बिनी बचाउ महाअभियानले आन्दोलनको घोषणा गरेको थियो । महाअभियानले आनीलाई विकास कोषमा प्रवेश गर्न र पदभार ग्रहण गर्न नदिने चेतावनी दिंदै आएपनि बुधबार कुनै अवरोध गरेको थिएन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
22m ago
आनी छोइङले गरिन् पदभार ग्रहण

आनी छोइङले गरिन् पदभार ग्रहण

नियुक्तिको एक महिनापछि बुधबार लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालयमा रहेको उपाध्यक्षको कार्यकक्ष पुगेर पदभार सम्हालेकी हुन् ।

#लुम्बिनी #कोष #उपाध्यक्ष
Compare →
Arthasansar
8h ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि...

#लुम्बिनी #विकास
Compare →
Bizshala
11h ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडका संस्थापक सेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको ६० हजार ७०९ कित्ता...

#लुम्बिनी #विकास
Compare →
Nagarik News
5h ago
प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब रकम जम्मा

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ।

#कोष
Compare →
Hamro Patro News
5h ago
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

#कोष
Compare →

Related Stories

Business & Economy
Build #2612