काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशका आफ्ना कर्मचारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘छैटौं सम्भव २०८३ कन्क्वेर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट, सेलिब्रेटिङ आवर कल्चर, कनेक्टिङ आवर पिपल, इन्गेजिङ सिटिजन्स’ कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले बुधबार मधेश प्रदेशमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागितामा नेतृत्व विकास, संस्थागत सहकार्य र कर्मचारीबीचको आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल गरेको हो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा मधेश प्रदेशस्थित शाखा प्रबन्धकहरूले आफ्नो प्रदेशको सांस्कृतिक महत्त्व प्रस्तुत गर्दै समृद्ध संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएका थिए। साथै उनीहरूले नेतृत्व विकासका लागि आपसी समन्वय सुदृढ गर्दै थप आत्मीय र प्रभावकारी कार्यवातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
बैंकका अनुसार कार्यक्रममा प्रदेशको समग्र व्यावसायिक गतिविधि तथा शाखाहरूको कार्यसम्पादनका विषयमा समेत छलफल गरिएको थियो।
विश्वका प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि फिनाकलको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फिनो कोरेट कार्ड’ सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकले हालै बचतकर्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
यसका साथै बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधासमेत उपलब्ध गराएको छ।
हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ५८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।